Nepali Khabar

08:00 PM - 08:30 PM

Tuesday, September 26 2017, 20:25 | मङ्गलबार १०, असोज २०७४ २०:२५
खरेलको नयाँ गीत ‘तै मोरीको माया छ’सार्वजनिक

बिहिबार, १५ भदौ २०७४| Hari Joshi
खरेलको नयाँ गीत ‘तै मोरीको माया छ’सार्वजनिक

काठमाडौँ । एक पछि अर्को गर्दै नयाँ र फरकशैलीका गीत गायर चर्चा बटुलिरहेका चर्चित गायक प्रमोद खरेलको नयाँ गीत ‘तै मोरीको माया छ’को भिडियो सार्वजनिक गरिएको छ । अविनाश थापाका शब्द शृजनामा आशिष अविरलले संगीत भरेको गीतले किशोर अवस्थामा अन्जानमा बस्ने मायालाई उत्कृष्ट ढंगले निर्देशक युवराज वाईवाले प्रस्तुत गरेका छन् ।

जानेर नजानेर गरिएको चोखो मायालाई निर्देशक वाईवाले दुधवालाको प्रेम मार्फत जिवन्त शैलीमा उर्तान सफल भएका छन् । सुधिर र पुजाले बेजोड अभिनय गरेको भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् । जसको सम्पादन निशान घिमिरेले गरेका हुन् । 
सांगीतिक करियरको करिब एक दशक संघर्षमा बिताएका खरेल पछिल्लो आधा दशकदेखि लोकप्रिय गायकका रूपमा सु(परिचित छन् । चलचित्र, आधुनिक, पप, राष्ट्रिय आदि शैलीका करिब २ हजारभन्दा बढी गीत गाइसकेका प्रमोदलाई श्रोतामाझ स्थापित गराउने काम गर्‍यो "म बिना कसै-कसैलाई मुस्किल छ पोखरामा"गीतले । त्यसो त त्यसअघि उनले गाएका गीत पनि कम चर्चित नभएका होइनन्, यद्यपि यो गीतको सफलतासँगै उनले गाएका प्रायस् सबै गीत श्रोताले मन पराउन थाले ।

चलचित्र पल पलमा को "यो अँगालोभरिको माया"मार्फत चलचित्रमा पाश्र्व गायनसमेत थालेका गायक खरेलले करिब १ सयवटा नेपाली चलचित्रका २ सयभन्दा बढी गीतमा स्वर दिइसकेका छन् ।

स्वदेश तथा विदेशका कन्सर्टमा उत्तिकै सक्रिय खरेल आफ्ना हरेक कार्यक्रममा आफ्ना एक दर्जन बढी लोकप्रिय गीत प्रस्तुत गर्छन् । प्राप्ति, सेन्टिमेन्ट्स, प्रणय, प्रवेग, निर्झरी तथा हंगामा लगायतका एल्बमहरु गरिसकेका छन् ।

 

प्रतिकृया दिनुहोस