---
Thursday, November 23 2017, 02:08 | बिहिबार ०७, मङि्सर २०७४ ०२:०८
सुदूरपश्चिम ११ को टोली चितवनतर्फ प्रस्थान,पहिलो खेल चितवन ११ सगँ

बिहिबार, १५ भदौ २०७४| Hari Joshi
सुदूरपश्चिम ११ को टोली चितवनतर्फ प्रस्थान,पहिलो खेल चितवन ११ सगँ

धनगढी १५ भदौ । प्रदेश नं. ७ को पहिलो फुटबल क्लब सुदूरपश्चिम ११ का खेलाडी सहित टोलीको आज एक कार्यक्रमका बिच बिदाई गरिएको छ । कल्ब चितवनको नारायणगढमा यहि भदौ १७  गतेदेखी २६ गतेसम्म आयोजना हुन गैरहेको प्रथम जेसिज कप राष्ट्रिय फुटबल प्रतियोगीतामा सहभागी हुन आज चितवनतर्फ प्रस्थान गरेको हो ।

 प्रणय अन्जानको कप्तानीमा रहेको सुदूरपश्चिम ११ को १८ सदस्यीय फुटबल टोली रहेको छ ।
 तिन विदेशी खेलाडी सहितको टोलीलाई एक कार्यक्रमका बिच कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपक बहादुर सिंह , एन्फाका मोहित शाह लगायतले विदाई गरेका हुन ।

प्रथम पटक चितवनमा आयोजना हुन गैरहेको जेसिज कप फुटबल प्रतियोगीतामा नेपाल पुलिस, मनाङ्ग मर्स्याङ्दी लगायत १० टिमको सहभागीता रहेको छ । सु प ११ ले आफ्नो पहिलो खेल भदौ १७ गते चितवन ११ सँग खेल्नेछ ।

 


बिहिबार १५, भदौ २०७४ १०:०२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस