Bollywood Hindi Hit's Songs

11:00 AM - 12:00 PM

Wednesday, August 22 2018, 11:53 | बुधबार ०६, भदौ २०७५ ११:५३
धनगढी उपमहानगरपालिकाद्धारा पार्क निमार्णको थालनी, करिब ३ करोडको लागत

बिहिबार, १५ भदौ २०७४| Hari Joshi
धनगढी उपमहानगरपालिकाद्धारा पार्क निमार्णको थालनी, करिब ३ करोडको लागत

धनगढी १५ भदौ । पर्यटन प्रवद्र्धनका माध्यमबाट आर्थिक अवस्थामा सुधार ल्याउन तथा मनोरञ्जन प्रदान गर्ने उदेश्यले धनगढी उपमहानगरपालिका वडा नम्बर १५ कनरीमा ५ विगाह क्षेत्रफलमा  उपमहानगरपालिकाले पार्क निमार्णको थालनी गरेको छ ।  
२ करोड ७५ लाखको लागतामा निमार्ण हुने पार्कले यस क्षेत्रमा आउने आन्तरिक तथा वाह्य पर्यटकलाई मनोरञ्जन पदान गर्ने छ । सफा, सुन्दर तथा हरियाली  जङगलमा निमार्ण भईरहेको पार्कले धनगढीमा आउने पर्यकटलाई एक दिन भएपनि रोक्न महत्वपुर्ण भुमिका निवार्ह गर्न अपेक्षा धनगढी नगरपालिकाको छ ।

कैलालीको प्रवित्र धार्मिक स्थल बेहडाबाबा मन्दिर जाने पाटोमा निमार्ण भईरहेको पार्कले मन्दिरमा दर्शन गर्ने जाने आउने दर्शनार्थी लाई आध्यात्मीक ज्ञानका साथ मनारञ्जन पनि प्रदान गर्ने नगर प्रमुख नृप वडले बताउनुभयो । डेढ बर्षमा सम्पन्न गर्न लक्ष्य लिएको पार्कमा हाल दैनिक १ सय जना मजदुरले काम गरिरहेका छन् । अहिले पार्कको पर्खाल तथा भौतिक संरचना निमार्णको काम भईरहेको छ ।

स्थानीय स्तरमै यति ठुल्लो लगानीमा पार्क निमार्ण शुरु भएपनि वेरोजगारीले रोजगारी पाएको कामदार तेजराम रानाले बताउनुभयो । उनले पार्क निमार्णमा स्थानिय वासिन्दा लाई मात्र काम दिइएको बताउनुभयो। बर्षादेखि अल्पत्र परेको खाली जमिनमा उपमहानगरपालिकाले पार्क निर्माणको काम शूरु गरेपछि स्थानिय समेत निकै खुशी भएका छन् । स्थानिय यज्ञमान पुरीले पार्क निमार्ण कार्य सम्पन्न भई संचालनमा आएपनि धेर्र मानिसले पत्येक्ष तथा अपत्येक रुपमा रोजगारी पाउने बताउनुभयो ।

खाली रहेको जमिनलाई सुन्दर तथा मनोरम पार्क बनाउनु सकारात्मक पक्ष हो । त्यसैले मनोरम पार्क समयअगावै निमार्ण सम्पन्न गर्ने सम्बनधीत निकायले ध्यान दिन भने जरुरी  रहेको छ । 


बिहिबार १५, भदौ २०७४ ०८:२९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस