---
Thursday, November 23 2017, 02:08 | बिहिबार ०७, मङि्सर २०७४ ०२:०८
गौरीफन्टा नाकामा तनाब,पिडित नेपालीहरुले ८ घण्टा सिमाना बन्द

बिहिबार, १५ भदौ २०७४| Admin
गौरीफन्टा नाकामा तनाब,पिडित नेपालीहरुले ८ घण्टा सिमाना बन्द

एफएम संवाददाता 
धनगढी १५ भदौ । भारतको सिमावर्ती बजार गौरीफन्टाका व्यापारीले ग्राहकमाथि हातपार गरेको भन्दै पिडित नेपालीहरुले ८ घण्टा सिमाना बन्द गराएका छ ।

सामान किन्नका लागि गौरिफन्टा बजार पुगेका केही नेपालीलाई भारतीय व्यापारीले हातपात गरेको विरोधमा उनीहरुले विहान देखि दिउसो २ बजेसम्म गौरीफन्टा नाकामा धर्ना दिएर बन्द गराएका हुन । भदौ ११ गते सामान किन्न पुगेकी धनगढी उत्तरवेहीडी एक महिललाई भारतीय व्यापारीले हातपात गर्न खाजेका थिए । सो क्रममा ति महिलाको पक्ष लिएर बोलेका उत्तरवेहीकै जीत बहादुर विकलाई समेत गौरीफन्टामा फुटपातमा व्यापार गर्ने लालाराम गुप्ता, अनिल गुप्ता लगायतका व्यापारीले कुटपिट गरेका थिए ।

भारतीय व्यापारीको कुटाईबाट घाईते विकको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ । नेपालीहरुले सिमा बन्द गरेपछि  नेपाली पक्ष र भातीय पक्ष विच बार्ता भएको थियो । वार्तामा घाईते विकको उपचार गर्ने, कुटपिटमा सग्लनको प्रहरीले खोजी गरि कारवाही गर्ने लगायतका सहमति पछि सिमा नाका सुचारु गरिएको घाईते जीत बहादुरका छोरा हिक्मत विकले बताउनुभयो ।

वार्तामा पिडित पक्ष, भारतीय व्यापारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी, गौरीफन्टाको प्रहरी चौकी कोतवालीको सहभाथिता रहेको थियो । 


बिहिबार १५, भदौ २०७४ ०८:१० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस