---
Thursday, November 23 2017, 02:14 | बिहिबार ०७, मङि्सर २०७४ ०२:१४
कैलालीका सहकारीमा महिलाको सहभागीता उच्च

बिहिबार, १५ भदौ २०७४| Admin
कैलालीका सहकारीमा महिलाको सहभागीता उच्च

एफएम संवाददाता 
धनगढी १५ भदौ । कैलालीका सहकारीमा पुरुष भन्दा बढी महिला आवद्ध रहेका छन । जिल्लामा रहेका छ सय ५२ सहकारीमा पुरुषभन्दा २१ हजार बढी महिला आवद्ध रहेको हुन ।

जिल्लामा दुई लाख ८५ हजार ७ सय ५३ सहकारीमा आवद्ध रहेकोमा तिमध्ये १ लाख २८ हजार ४ सय ८८ महिला रहेको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय धनगढीका प्रशिक्षक हरि सिह साउदले बताउनुभयो । उहाँले महिलाको भन्दा २१ हजार कम अर्थात १ लाख ७ हजार २ सय ६५ पुरुष सहकारीमा आवद्ध रहेको जानकारी दिनुभयो । 

छ सय ५२ सहकारीमध्ये ९१ वटा सहकारी महिला आफैले सञ्चालन गरिरहेका छन । सहकारी सञ्चालक समितिमा ५ हजार ९ सय ५१ सहभागि रहेपनि ति मध्ये पनि २ हजार ४ सय १९ महिला रहेको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयले जनाएको छ । सहकारीबाट ४ सय ८५ महिलाले प्रंत्यक्ष रुपमा रोजगारी पाएका छन । सानो पुजीबाट पनि स्वरोजगार बन्नका लागि महिलाहरुको आकर्षण सहकारी बढदै गएको सहकारी प्रशिक्षक साउदले बताउनुभयो । 

सहकारीको शेयर जिल्लामा ७४ करोड ७४ लाख ४२ हजार रहेकोमा ६ अर्व ६७ करोड २४ लाख ८८ हजार लगानी छ । सहकारीले महिलालाई स्वरोजगार बनाउनुका साथै  आर्थिक क्रियाकपलामा सहभागि बनाएको  साउदले बताउनुभयो । 


बिहिबार १५, भदौ २०७४ ०७:५५ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस