INDRENI (Lok Dohori)

10:00 AM - 11:00 AM

Friday, September 21 2018, 10:37 | शुक्रबार ०५, असोज २०७५ १०:३७
अर्को हप्ता सरकारी कर्मचारीलाई चार दिन विदा

बिहिबार, १५ भदौ २०७४| Admin

काठमाडौँ : अर्को हप्ता काठमाडौँ उपत्यकाका सरकारी कार्यालय तीन दिनमात्र खुल्ने भएको छ। विभिन्न सार्वजनिक विदाका कारण सरकारी  कर्मचारीले चार दिन विदा पाउने संयोग जुरेको छ। 

हप्ताको पहिलो दिन आइतबार भदौ १८ गते इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (इदुल जोहा) को अवसरमा विदा दिने निर्णय गृह मन्त्रालयले गरेको छ। 

सोमबार सरकारी कार्यालय खुले पनि काठमाडौँ उपत्यकाका कार्यालय मंगलबार बन्द हुनेछन्। मंगलबार भदौ २० गते इन्द्रजात्राको विदा छ। 

भदौ २१ गते बुधबार सरकारी कार्यालय खुले पनि भदौ २२ गते बिहीबार भने निजामती कर्मचारी दिवसको अवसरमा सरकारी कार्यालय बन्द हुनेछन्। 

भदौ २३ गते शुक्रबार आधा दिन सरकारी कार्यालय खुल्नेछ भने भदौ २४ गते शनिबार साबिकको विदा रहनेछ। 

पहिलोपोस्ट बाट


बिहिबार १५, भदौ २०७४ ०२:५८ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस