Nepali Khabar

08:00 PM - 08:30 PM

Tuesday, September 26 2017, 20:25 | मङ्गलबार १०, असोज २०७४ २०:२५
चीनमा नयाँ सेना प्रमुख

बुधबार, १४ भदौ २०७४| Admin
चीनमा नयाँ सेना प्रमुख

बेइजिङ : चीनले आफ्ना सैनिक प्रमुखमा ली जुओचेङलाई नियुक्त गरेको बताइएको छ । भारतसँग लामो समयसम्म विवाद चलिरहेका बेला चीनले आफ्ना सैनिक प्रमुखलाई परिवर्तन गरेको हो ।

चीनका राष्ट्रपति सी जिनपिङले ६३ वर्षीय जनरल ली जुओचेङलाई पीपल्स लिब्रेसन आर्मीको ज्वाइन्ट स्टाफ डिपार्टमेन्टका नयाँ प्रमुखमा नियुक्त गरेका हुन् । ली चीन–भियतनाम युद्धमा पनि सहभागी थिए । चिनियाँ रक्षा मन्त्रालयले लीको नियुक्तिको बारेमा सार्वजनिक घोषणा भने गरेको छैन । पाकिस्तान सेना प्रमुख जनरल कमर जावेद बाजवाका साथ सम्पन्न बैठकमा लीलाई उक्त पदबाट सम्बोधन गरिएको थियो ।

उक्त बैठक ताजकिस्तानको राजधानी दुसान्बेमा शनिवार भएको थियो । त्यस पदको जिम्मेवारी जनरल फाङ फ्याङहुईले सम्हाल्दै आएका थिए । फाङलाई उक्त पदबाट किन र कहाँ स्थानान्तरण गरियो भन्ने बारेमा केही पनि खुलासा गरेको छैन । लीले सन् १९७९ मा भियतनामसँगको युद्धमा बहादुरी देखाएको भन्दै चीनले प्रथम श्रेणीको सम्मान प्रदान गरेको थियो ।

सेन्ट्रल मिलिट्री कमिसनले लीलाई ‘युद्ध नायक' पदले सम्मानित गरेको थियो । जनरल लीले सन् २०१३ देखि नै राष्ट्रपति जिनपिङका निकटस्थ सहयोगीको रूपमा काम गर्दै आएका थिए । राष्ट्रपति सीले २३ लाख संख्या रहेको चिनियाँ सेनालाई चुस्त र आधुनिक बनाउने काम गर्दै आएका छन् । चिनियाँ विशेषज्ञका अनुसार लीलाई सेना प्रमुख बनाएर सीले सैनिक सुधार चाहेको स्पष्ट भएको बताएका छन् । —एजेन्सी

प्रतिकृया दिनुहोस