Nepali Khabar

08:00 PM - 08:30 PM

Tuesday, September 26 2017, 20:19 | मङ्गलबार १०, असोज २०७४ २०:१९
राष्ट्रिय खेलकुद कर्मचारी महासघको पाचौ राष्ट्रिय महाधिवेशन मगलवार

खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले उद्घाटन गर्नुहुने

सोमबार, १२ भदौ २०७४| Radio Dhangadhi

एफएम सम्बाददाता
भदौ १२ कैलाली 
    राष्ट्रिय खेलकुद कर्मचारी महासघको पाचौ राष्ट्रिय महाधिवेशन मगलवारदेखि धनगढीमा सुरु हुने भएको छ । आयोजकले सोमवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महाधिवेशनबारे जानकारी दिएको हो ।

     महाधिवेशनको एक कार्यक्रमकाविच खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले उद्घाटन गर्नुहुने पत्रकार सम्मेलनमा सुदूरपश्चिमाञ्चल खेलकुद विकाश समितिका कार्यालय प्रमुख प्रेम मल्लले जानकारी दिनुभयो । 
       पत्रकार सम्मेलनमा महासघका अध्यक्ष रञ्जन थापाले महाधिवेशनले नेपाली खेलकुदको दिशा निर्देश गर्ने बताउनुभयो । हाल खेलकुद क्षेत्र माफियातन्त्रबाट सञ्चालन भईरहेको भन्दै अध्यक्ष थापाले   महाधिवेशनमा त्यसको अन्त्यका लागि छलफल गरिने बताउनुभयो । 
     दुई दिनसम्म सञ्चालन हुने महाधिवेसनमा देशभरिबाट एक सय ३२ जना खेलकुदका कर्मचारीको सहभागिता रहनेछ । महाधिवेसनले नया नेतृत्व चयन गर्नेछ । 
 

प्रतिकृया दिनुहोस