Nepali Khabar

08:00 PM - 08:30 PM

Tuesday, September 26 2017, 20:15 | मङ्गलबार १०, असोज २०७४ २०:१५
कञ्चनपुरमा कविता वाचन अभियान शुरु

आइतबार, २० चैत २०७३| Hari Joshi
कञ्चनपुरमा कविता वाचन अभियान शुरु

एफ एम सम्वाददाता ÷कञ्चनपुर ÷ चैत्र २०–
कञ्चनपुरको महेन्द्रनगरबाट आइतबारदेखि कविता वाचन अभियान शुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी शिक्षा, साहित्य तथा संस्कृति विभागद्वारा संचालित राष्ट्रिय स्वाधीनता एक समसामयिक सन्र्दभमा कविता वाचन अभियान शुरु भएको हो । नेकपाका केन्द्रीय सदस्य राप्ती तिम्लिसिनाले अभियानको उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै तिम्लिसिनाले मौलिक लोक संस्कृतिमाथी विदेशी छाडा सस्कृति प्रहार भईरहेको बताए । ‘आफ्नो मौलिक लोक सस्कृतिमाथी प्रहार भईरहेको छ,‘उनले भने, ‘यसलाई चिर्नुपर्छ ।’ समाजमा छाडा विदेशी सस्कृतिको विकास भईरहेको भन्दै उनले चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रममा स्थानीय सृष्टाहरुले राष्ट्रियता झल्कने कविता वाचन गरेका थिए । वक्ताहरुले समेत लोक कला, संस्कृतिको जोर्गेना आवश्यक रहेको औल्याएका छन् । यहाँका साहित्कारहरुले नेपालीको लोक साहित्यमा प्रहार भईरहेको भन्दै सबैले आ–आफ्नो क्षेत्रबाट होसियार अपनाउनुपर्नेमा जोडदिएका छन् ।

प्रतिकृया दिनुहोस