---
Thursday, November 23 2017, 02:10 | बिहिबार ०७, मङि्सर २०७४ ०२:१०
सुजुकी दशैं तिहार चक्कामा ‘चक्का नगद पक्का’ योजना

शुक्रबार, ०९ भदौ २०७४| Admin
सुजुकी दशैं तिहार चक्कामा ‘चक्का नगद पक्का’ योजना

काठमाडौं–नेपालका लागि सुजुकी दुई पाँग्रे सवारी साधनको आधिकारीक वितरक भिजि अटोमोबाइल्सले दशैं तिहारलाई लक्षित गर्दै सुजुकी दशैं तिहार चक्कामा ‘चक्का नगद पक्का’ उपहार योजना ल्याएको छ ।

यस उपहार योजना अन्तर्गत ग्राहकले सुजुकीको कुनै पनि मोटरसाईकलको खरिदमा ७ हजार र स्कुटरमा ९ हजार रुपैयाँ नगद छुट तत्काल प्राप्त गर्न सक्ने जनाइएको छ । यसका साथै ग्राहकले स्क्र्याच कार्ड मार्फत एक लाखसम्मको थप नगद छुट र बम्पर उपहारमा रिनायुल्ट क्वीड कार जित्न सक्ने जनाइएको छ ।

यो योजना सुजुकीको देशभरमा रहेका सबै ७० वटा शोरुममा भदौ ८ गते देखि लागु गरिएको छ । यो योजनाका अतिरिक्त कम्पनीले सबै प्रकारका दुई पाङ्ग्रे सवारी साधनमा ५ वर्षको वारेन्टी पनि प्रदान गरेको छ । यसैगरी योजना अवधिभर कम्पनीले सबै शोरुममा एक्सचेन्ज र फाईनान्सको सुविधा उपलब्ध गराएको छ । 
सुजुकी जापानीज बाइक निर्माण गर्ने विश्वव्यापी ख्याति प्राप्त एक प्रमुख बाइक निर्माता कम्पनी हो । अहिले विश्वको प्राय सबैजसो देशमा यसको उपस्थिति रहेको छ । हरेक समुहका ग्राहकको लागि उपयुक्त हुने दुई पाँग्रे सवारी साधनहरु यसले उत्पादन गर्दै आएको छ ।

बिश्वभरि धेरै पुरस्कार प्राप्तगर्न सफल सुजुकीले विभिन्न आकर्षक रङ्ग र उचित मुल्यका बाइक नेपालमा उपलब्ध गराएका छन् । भिजि अटोमोबाइल्सको देशभरि बिस्तारीत सञ्जाल बाट विश्वस्तरीय सुजुकीका दुई पाँग्रे सवारी साधनहरु बिक्री बितरण गरिएका छन् । साथै देशभर रहेका आफ्ना सर्भिस सेन्टरबाट कम्पनीले उत्कुष्ट सर्भिस पनि उपलब्ध गराउदैं आएको छ ।


शुक्रबार ०९, भदौ २०७४ ११:४६ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस