Nepali Khabar

08:00 PM - 08:30 PM

Tuesday, September 26 2017, 20:15 | मङ्गलबार १०, असोज २०७४ २०:१५
धनगढीमा कलेज स्तरीय डान्स प्रतियोगिता

आइतबार, २० चैत २०७३| Hari Joshi
धनगढीमा कलेज स्तरीय डान्स प्रतियोगिता

एफ एम सम्वाददाता ÷कैलाली ÷ चैत्र २०–
धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको जय मालिका कलेलजले यहि चैत २५ गते कलेज स्तरीय डान्स प्रतियोगिता गर्ने जनाएको छ । जय मालिका कलेजले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा समाज कार्य , समाज गतिशिलता र समाज विकास भन्ने मुल नाराका साथ कलेज स्तरीय डान्स प्रतियोगिता गर्ने थालेको जनाएको हो । जय मालिका कलेजका क्याम्पस प्रमुख भिम बहादुर बोहराले कलेमा सामाजिक विकास सम्बन्धी अध्यन भइरहेका कारण युवाहरुलाई सामाजिक विकासमा सहभागि गराउने उदेश्यले डान्स प्रतियोगिता आयोजना हुने बताए । उनले प्रतियोगितामा फुलवारी, धनगढी र अत्तरिया गरी कुल १० देखि १५ टिमको सहभागिता रहने जानकारी दिनुभयो । कार्यक्रममा वरिष्ठ देउडा लगाएत अन्य गायकहरुको पनि सहभागिता रहने छ । कलेज स्तरीय डान्स प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १२ हजार द्धितिय हुने टिमलाई नगद ८ हजार तथा तृतिय टिमलाई ५ हजार सहित प्रमणपत्र दिइने आयोजकले जनाएको छ । आयोजक जय मालिका कलेजले डान्स प्रतियोगिताबाट बचेको केहि रकम सामाजिक क्षेत्रमा लगानी गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस