Modern Songs

08:30 PM - 08:45 PM

Tuesday, September 26 2017, 20:30 | मङ्गलबार १०, असोज २०७४ २०:३०
जयपृथ्वीबहादुर सिंहलाई किन राष्ट्रिय विभूति घोषणा गरिएन?

सम्झनामा मानवतावादी राजा

बुधबार, ०७ भदौ २०७४| Admin
जयपृथ्वीबहादुर सिंहलाई किन राष्ट्रिय विभूति घोषणा गरिएन?

नरेशबहादुर रोकाया । नेपालको भौगोलिक वस्तुस्थिति हेर्दा कठिन भूगोल र विकट जिल्ला बझाङ्गमा १९३४ साल भाद्र ७ गते जन्मिएका व्यक्तित्व जयपृथ्वी बहादुर सिंह उदारहणीय मानवतावादी राजको रुपमा चिन्छौँ।  शिक्षा हासिल गर्ने क्रममा उनले राणा परिवारमा सीमित रहेको काठमाडौँ थापाथली दरबार पाठशालामा प्राथमिक शिक्षा र दरबार हाइ स्कुलबाट माध्यमिक शिक्षा हासिल गरे। 

जयपृथ्वीबहादुर सिंह सानै उमेमा राजन बनी देशमा छुट्टै फरक अपनत्व र योगदान दिएर विभिन्न संस्त्रमय काम गरेका थिए। नेपालमा शिक्षाको सन्दर्भमा के के गरे भनेर कर्मदा र नेपालमा अक्षराङ्ग पाठ्यपुस्तक प्रकाशित गरी नेपाली भाषमा पठनपाठनको प्रारम्भ गरेका थिए। यसको मूलभूत रुपमा भाषा पाठशालामा पठनपाठन भयो।

भाषा पाठमालाको मुख्य पाठ्यपुस्तक भनेको अक्षराङ्ग थियो। यसमा खास गरी घडी, कला, नक्षेत्र, जोड, घटाउन लगायतका आधारभूत पक्षका बारेमा नेपाली भाषामै उल्लेख गरेको थियो। जुन समयमा सातृत भाषाको प्रयोग थियो। यसको प्रकाशनबाट नेपाली भाषामै पठनपाठनको सुरूवात क्षमास नै नेपाली भाषामै आधारभूत ज्ञान लिन सकिने भाषाको सिर्जना भयो।

 

 

सिंहलाई मानवतावादी जन्मदाता र विश्व शान्ति भातृत्वको सुत्रपात गर्ने कुशल राष्ट्र प्रेमका रुपमा लिइन्छ। उनले एउटा मानवताप्रति प्रेरित भएर मानवप्रतिको मोह र सम्मानलाई उच्च महिमा गान गरी विश्व वन्धुत्वकोविकास गरी नेपाली समाजका मानिस र अन्तराष्ट्रिय क्षेत्रका मानिसहरूलाई मानवप्रति श्रद्धाभाव व्यक्त गर्न पनि श्रेय गरेका छन्।

 

सिंहले आफ्नो जीवन कालमा विभिन्न संघर्षहरुलाई एउटा दौडको मैदान रुपी साक्षात्कार गर्दै राणा पञ्चायत जस्ता शासनलाई चिर्दै एउटा छुट्टै उपलब्धी  नेपाल राष्ट्रको उन्नत, नेपाली जनताको अपेक्षा पूरा गरेका छन्। उनले हरेक  क्षेत्रमा  शिक्षा, स्वास्थ्य, के भौगोलिक कठिनाई भएका र यातायातको सेवा नभएको ठाउँमा बाटोघाटो पुल पैलया निर्माण गरेका छन्। सिंहले राजा परिवारमा जन्मे पनि उनले उत्पीडित र निमुखा वर्गको हिस्यदारी भएर एउटा नयाँ प्रवृत्ति मार्फत जीवनलाई लिप्त गरेको पाइन्छ।

उनको प्रवृत्तिलाई विश्लेषण गर्दा एकदम क्रान्तिकारी भाग, गतिसिल (कर्मनिष्ठ) सिद्धान्तलाई प्रयोग गरेको पाउँछाैं। सिंहले परिवर्तनका निमित्त विभिन्न संघर्ष गरी परिवर्तन पक्षधर भएर आफ्नो आवाज उठाएको पाइन्छ। उनले नेपालको भूमि मात्र होइन अन्तराष्ट्रिय क्षेत्रमा पनि आफ्नो क्षमता शैली र विषयवस्तुलाई सम्प्रेषण गरेको पाइन्छ। उनको मूतभूत उद्देश्य चाहिँ अन्तराष्ट्रिय क्षेत्र ठाउँमा गएर मानवतावादको प्रचार र सम्प्रेषण  गरेको पाउँछौँ। परन्तु उनलाई एउटा मानवताप्रति कुशल नेतृत्व भनेर चिन्छौँ।


सिंह राष्ट्रको लागि जनुजुन र तत्तत् सम्बन्धी उदाहरणीय काम गरी नेपाललाई एक मानवतावादी मोह प्रेम र राष्ट्रकोप्रति वफादारी बन्ने ज्ञान, सीप, अभिवृद्धि दिएको छ।

 

तर, राजा जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूतिका रुपमा घोषणा गरिएको छैन। किन जो व्यक्तिले ऐतिहासिक र राष्ट्रप्रति गरेको योगदान र मिथाप्रति गरेको घनीभूत संघर्षलाई कदर गर्दै नवआगन्तुक उर्जाशिल वर्गलाई उनले गरेको ऐतिहासिक कामलाई अनुभूति गराई राष्ट्रिय विभुति घोषणा हुनुपर्छ भन्ने आवाहन र अपिल गर्नुपर्छ। उनले जुन नेपाल प्रति आफ्नै सुदीर्घ र ऐश्र्वयाली इतिहास रचेको छ।

 

उक्त विषयका कारण हामी सम्पूर्ण मौलिक दायित्वहरुले चेननशील वर्गले राजा जयपृथ्वी बहादुर सिंहको योगदानलाई आत्मसाथ गर्दै उनको निमित्त आवाज उठाइ राष्ट्रलाई ध्यान आकर्षण गराई विभिन्न तह र तप्काका व्यक्तिहरुले आआफ्नो धरातलबाट दुरदृष्टि र राष्ट्रप्रेमी, जयपृथ्वी बहादुृर सिंहलाई राष्ट्रिय विभूति घोषणाको माग गरेमा मात्र यिनको मानवतालाई विचारको सम्प्रेषण हुनेछ।

प्रगतिवादी तथा नजतामुखी सेवा प्रदायी सिंहको विचारलाई संरक्षण गर्नका निमित्त एकै स्वरमा एकिकृत ढंगले शिक्षाविद्, शिक्षक, विद्यार्थी राजनीतिक दल र विभिन्न चेतनशिल विद्यार्थी संगठनले उनको बारेमा शोध (अनुसन्धान) गरी सिंहको विचारलाई दिगो राख्न र इतिहास रच्ने व्यक्तिलाई इतिहासको कालखण्डमा उभ्याउनु पर्छ र राज्यलाई उनले गरेको भविष्यमणीय योगदान, लगाब कुशलचेत, गतिसिलतालाई सम्मान गरी मानवताको पर्छ। पक्षपोषण गर्न पर्छ।

सुभदिन अनलाइन बाट

प्रतिकृया दिनुहोस