---
Thursday, November 23 2017, 02:16 | बिहिबार ०७, मङि्सर २०७४ ०२:१६
आमिर खानको चलचित्र ‘सिक्रेट सुपर’ स्टारको पहिलो गीत सार्वजनिक

मङ्गलबार, ०६ भदौ २०७४| Admin
आमिर खानको चलचित्र ‘सिक्रेट सुपर’ स्टारको पहिलो गीत सार्वजनिक

काठमाडौं । ‘दंगल’ गर्ल जायरा वसिमको आगामी चलचित्र ‘सिक्रेट सुपरस्टार’ को ट्रेलर दर्शकले निकै मनपराए । अब निर्माताले चलचित्रको पहिलो गीत सार्वजनिक गरेका छन् । 

यो चलचित्रमा आमिर खान पनि महत्वपूर्ण भूमिकामा छन् । आमिर यो चलचित्रमा संगीतकारको भूमिकामा देखिँदै छन् । जसले जायरालाई संगीतको शिक्षा दिन्छन् ।

संगीतमा आधारित यो चलचित्रको ‘ट्यागलाइन’ ‘सपना देख्नु त आधारभूत कुरो हो’ रहेको छ । 

‘मै कौन हूं’ गीत १६ वर्षीया मेघना मिश्राले गाएकी छन् । गीतमा संगीत अमित मिश्राले दिएका छन् । कौसर मुनिरले गीत लेखेका छन् । ‘सिक्रेट सुपरस्टार’ लाई अद्वैत चंदनले निर्देशन गरेका छन् । चलचित्र यसै वर्ष दीपावलीमा रिलिज हुँदैछ । यसअघि यो चलचित्र अगस्टमा रिलिज हुने ‘शेड्युल’ थियो । तर शाहरुख खान र अनुष्का शर्माको चलचित्रसँग जुध्ने भएकाले आमिरले चलचित्रलाई दीपावलीसम्म सारेका थिए । अजय देवगन र परिणीति चोपडाको चलचित्र ‘गोलमाल–४’ पनि दीपावलीमा नै रिलिज हुँदैछ । यस्तो अवस्थामा दीपावलीमा दुईवटा ठूला चलचित्र रिलिज हुँदैछन् ।


मङ्गलबार ०६, भदौ २०७४ ११:०९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस