---
Thursday, November 21 2019, 05:10 | बिहिबार ०५, मङि्सर २०७६ ०५:१०
माध्यमिक तहदेखि नै मातृभाषाको पठन पाठन हुनुपर्छः शिक्षा विद

आइतबार, २० चैत २०७३| Hari Joshi
माध्यमिक तहदेखि नै मातृभाषाको पठन पाठन हुनुपर्छः शिक्षा विद

एफ एम सम्वाददाता ÷कैलाली÷ चैत्र २०–
शिक्षाविदहरुले माध्यमिक तहदेखि नै मातृभाषाको पठन पाठन हुनुपर्ने बताएका छन् । ‘शिक्षाको माध्यम र शिक्षाका भाषाहरु, बिद्यालय शिक्षामा शिक्षणको माध्यम’ बिषयक प्रदेश नम्बर ७ स्तरीय कार्यशाला गोष्ठीमा सहभागी शिक्षाविदहरु बिद्यालयस्तरमै मातृभाषामा पठन पाठन गर्दा स्कुल छाड्ने बिद्यार्थीमा कमी आउने र मातृभाषाको जगेर्ना हुने धारणा राख्नुभयो । नेपाली बाहेकका मातृभाषी समुदायका बालबालिकाहरुको प्राथमिक तहको विद्यालय भर्ना र त्यसको निरन्तरताको लागि मातृभाषामा पठन पाठन हुनु जरुरी रहेको बताएका छन । राज्यको एक भाषा अवलम्बनको नीतिले राज्यका अन्य भाषाहरू दमन, शोषण र उत्पीडनमा पर्दै गएको आरोप लाग्ने गरेको छ । राज्यको विभेदकारी नीतिले मातृभाषा बोल्ने समुदायका बालबालिकाहरूको मनस्थितिमा नकारात्मक असर पर्न सक्ने भन्दै भाषा आयोगका अध्यक्ष डा। लवदेब अबस्थीले मातृभाषाको प्रयोग नहुँदा नेपालको झण्डै ४९ प्रतिशत बालबालिकाहरू मातृभाषाबाट शिक्षा लिन पाउने अवसरबाट बञ्चित हुने गरेको बताउनुभयो । नेपाल सरकार शिक्षा विभाग, युएस एड, अष्ट्रेलियन एड, ट्रान्सिड भिजन नेपालको सहयोगमा प्रदेश नम्बर ७ का नौ वटै जिल्लाका जिल्लाका जिल्ला शिक्षा अधिकारी, बिद्यालय निरीक्षक र भाषा बिदहरु सहभागि रहेको गोष्ठीमा शिक्षा निर्देशिका, माध्यमिक तहमा भाषाको प्रयोग र शिक्षामा बदलीदो परीबेशमा रहेर दुई दिन छलफल गरिनेछ ।


आइतबार २०, चैत २०७३ ०३:३८ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस