Nepali Bahas

06:00 AM - 07:00 AM

Saturday, November 18 2017, 06:25 | शनिबार ०२, मङि्सर २०७४ ०६:२५
प्रदेश नं. ७ का सिमानाकाको स्तरोन्नतीमा भारत भ्रमण केन्द्रीत गर्न प्रधानमन्त्रीलाई ज्ञापन

शनिबार, २८ साउन २०७४| Hari Joshi
प्रदेश नं. ७ का सिमानाकाको स्तरोन्नतीमा भारत भ्रमण केन्द्रीत गर्न प्रधानमन्त्रीलाई ज्ञापन

हरि जोशी                                                                                                                     

काठमाडौँ, २९ साउन । आसन्न प्रधानमन्त्रीको भारत भ्रमणमा धनगढीको गौरीफण्टा नाका सहित प्रदेश नम्बर ७ का अन्य नाकालाई अन्तराष्ट्रिस्तरको बनाउन सरोकारवालाहरु बाट पहल सुरु भएको छ । 
प्रदेश नं ७ का स्थानीय जनप्रतिनिधि तथा उद्योगी व्यवसायीको संयुक्त प्रतिनिधिमण्डलले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई उहाँकै निवास बालुवाटारमा भेटेर त्यसका लागि पहल सुरु गरेको हो । 
प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाउदै प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका बेला सो मुद्दालाई भारतसँगको द्विपक्षीय वार्ताको प्रमुख एजेण्डाका रुपमा राख्न समेत माग गरेको छ । प्रधानमन्त्री देउवाले आगामी भदौ ७ गतेदेखि भारतको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ ।
सो नाकालाई अन्तराष्ट्रियस्तरको बनाउने सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाले सकारात्मक प्रतिक्रिया दिनुभएको सो भेटपछि आयोजित पत्रकार सम्मेलनमा नेपाल उद्योग बाणिज्य महासंघ कैलाली र प्रदेश नं ७ का अध्यक्ष शंकर बोगटीले जानकारी दिनुभयो । 
भेटमा प्रधानमन्त्री देउवाले उक्त विषय भारत भ्रमणको एजेण्डाको प्राथमिकतामा राख्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिनुभएको अध्यक्ष बोगटीले बताउनुभयो । महासंघले विगतदेखि नै केन्द्रीय सरकारलाई दबाब दिई सुदूरपश्चिमका विकास मुद्दामा पहल गरिरहेको छ । 
प्रतिनिधिमण्डलले यस बाहेक धनगढी विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन, प्रदेश नं ७ लाई चीनसँग जोड्ने बझाङको ताक्लाकोट नाकालाई स्तरोन्नती गरी सञ्चालनमा ल्याउन र धनगढी उपमहानगरपालिकाको राजघाटस्थित २१ विघा जमिनमा सार्वजनिक प्रदर्शनी स्थल बनाउनका लागि समेत पहल गर्न प्रधानमन्त्री देउवाको ध्यानकर्षण गराएको छ ।
कार्यक्रममा धनगढी उपमहानगरका नव निर्वाचित प्रमुख नृप वडले सुदूरपश्चिमको आर्थिक समृद्धिका लागि प्रमुख मेरुदण्डका रुपमा रहेको गौरीफण्टा नाकाको स्तारोन्नति अपरिहार्य रहेको बताउनुभयो । प्रदेश नं ७ को सफलताका लागि पनि गौरीफण्टा नाकालाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने उहाँको भनाई थियो ।
उक्त पर्दशनी स्थल वाणिज्य मन्त्रालय, धनगढी उपमहानगरपालिका, कैलाली जिल्ला समन्वय समिति र उद्योग वाणिज्य महासंघ कैलालीले सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गर्ने तयारी भईरहेको छ । धनगढी उपमहानगर प्रधानमन्त्री देउवा २०७० सालको संविधान सभा निर्वाचनमा विजयी भएको निर्वाचन क्षेत्र हो ।  
धनगढी उपमहानगरका उपप्रमुख सुशीला मिश्र भट्टले गौरीफण्टा नाकालाई अन्तर्राष्ट्रियस्तरको बनाउन सके भारतका लाखौ पर्यटकले सुदूरपश्चिमका प्रसिद्ध धार्मिक स्थलको भ्रमण गरी नेपालको अर्थतन्त्रमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

 


शनिबार २८, साउन २०७४ १०:३१ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस