Nepali Khabar

08:00 PM - 08:30 PM

Tuesday, September 26 2017, 20:15 | मङ्गलबार १०, असोज २०७४ २०:१५
माघी होमस्टेमा आन्तरिक पर्यटकहरुको आगमन बढ्दै

आन्तरिक पर्यटकको रोजाइ होमस्टे

शनिबार, १९ चैत २०७३| Urmila Bhatta
माघी होमस्टेमा आन्तरिक पर्यटकहरुको आगमन बढ्दै

एफ एम सम्वाददाता ÷कैलाली÷ चैत्र १९–
कैलालीको घोडाघोडी ताल नजिकैको माघी गाउँमा रहेको माघी होमस्टेलमा पछिल्लो समय  आन्तरिक पर्यटकहरुको आगमन बढ्न थालेको छ । पर्यटकहरु गाउँले परिवेशमा घुलमिल गर्न थारु नाच हेर्न र स्थानीय संस्कृतिमा रमाउँन माघी गाँउ पुग्ने गरेका छन् ।सदरमुकाम धनगढीदेखि १ घण्टा र नेपालगञ्जदेखि ३ घण्टामा सहजै पुग्न सकिने भएकाले होमस्टे आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । घोडाघोडी नगरपालिका ४ मा पर्ने माघी गाउँका १४ वटा घरमा होमस्टे सञ्चालन गरिएको छ, माघी गाउमा २८ बेडको क्षमता छ । बिस्तारै पाहुनाको चाप बढ्दै गएपछि क्षमता विस्तारको योजना बनाइरहेको होमस्टेका अध्यक्ष शोभाराम चौधरीले बताउनु भयो ।अहिले विभिन्न संघ(संस्थाको कार्यक्रम समेत हुन थालेपछि चाप बढ्न थालेको छ । पाहुनाहरुलाई बास बस्न समस्या नभए पनि कार्यक्रमको लागि हलको आवश्यकता भएपछि अहिले धमाधम हल निर्माण भइरहेको छ ।होमस्टेमा आउने पाहुनाहरुलाई थारु समुदायले सांस्कृतिक कार्यक्रम पस्किएर मनोरञ्जन दिने गरेका छन् । एक घण्टासम्म सखिया, लाठी लगायत थारु नाच देखाएवापत २५०० रुपैयाँ लिने गरिन्छ ।होमस्टेमा बस्न प्रतिकोठा १५० रुपैयाँ तिर्नुपर्छ । थारु परिकार नपाइने भए पनि घरैमा पाक्ने मीठो खाना पाइन्छ । सादा खानाको १३० रुपैयाँ र मासु खानाको १८० रुपैयाँ पर्छ ।अहिलेसम्म गाउँमा बिजुली नआएकाले गाउँलेहरु बिजुली ल्याउन जुटेका छन् । अहिले पोल गाड्ने काम भइरहेको छ ।

प्रतिकृया दिनुहोस