---
Tuesday, November 12 2019, 05:17 | मङ्गलबार २६, कार्तिक २०७६ ०५:१७
माग भन्दा तेब्बर आवेदन दर्ता

म्यादी प्रहरीका लागि छनौट प्रकृया सुरु

शनिबार, १९ चैत २०७३| Hari Joshi
माग भन्दा तेब्बर आवेदन दर्ता

एफ एम सम्वाददाता ÷कैलाली÷ चैत्र १९–
नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनको लागि सात नरम्बर प्रदेशमा माग गरेको म्यादी प्रहरीका लागि १९ हजार २ सय ५८ जनाको आवेदन परेको छ । यो प्रदेशका लागि ६ हजार ९ सय १० जनाको माग गरिएकोमा सो भन्दा झढडै तेब्बर आवेदन परेको हो । आवेदन दिनेहरुमा १७ हजार २ सय ५ पुरुष र २ हजार ५३ जना महिला रहेको सुदूरपश्चिमाञ्चल क्षेत्रिय प्रहरी कार्यालय दिपायलले जानकारी दिएको छ । नेपाल प्रहरीले स्थानीय तहको चुनावको सुरक्षाका लागि कैलालीमा १ हजार ५ सय ३५ म्यादी प्रहरीको माग गरेको थियो । जसमा ५ हजार २ सय ४९ पुरुष, ८ सय ७१ महिला गरि कुल ६ हजार १ सय २० जनाको आवेदन परेको छ । कञ्चनपुरमा १ हजार ५५ जना म्यादी प्रहरीको माग गरिएकोमा ३ हजार ४ सय ९५ जनाले आवेदन दर्ता गराएका छन् । जसमा ३ हजार १ सय ४१ पुरुष र ३ सय ५४ महिला छन् । सुदूरपश्चिमाञ्चलको कैलाली जिल्लामा सबैभन्दा बढी आवेदन परेको छ भने सबैभन्दा कम डोटीमा रहेको क्षेत्रीय प्रहरी कार्यालय दिपायलले जानकारी दिएको छ । आवेदन दिएकाहरुको आजबाट सुदूरपश्चिमाञ्चलका नौ वटै जिल्लामा छनौट प्रकृया सुरु गरिएको छ ।


शनिबार १९, चैत २०७३ ०७:५८ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस