---
Thursday, November 23 2017, 02:16 | बिहिबार ०७, मङि्सर २०७४ ०२:१६
चर्चै चर्चाले चुलियो ‘छक्का पञ्जा २’ को गीत

आइतबार, ०८ साउन २०७४| Nirmala Khadayat
चर्चै चर्चाले चुलियो ‘छक्का पञ्जा २’ को गीत

एफएम संवाददाता
धनगढी, ८ साउन ।

‘ए दाजु नसमाउ नाडी’मा गीत  रिलिज भएसँगै सिनेमा ‘छक्का पञ्जा २’ को चर्चा सिने बजारमा चुलिएको छ । 


युट्युबमा गीत सार्वजनिक हुने बित्तिकै फरक फरक प्रसंगले गीतलाई चर्चित बनायो । २४ घण्टा नबित्दै ८ लाख भन्दा धेरै पटक हेरियो । युट्युब ट्रेण्डिङको नम्बर एकमा आयो । ट्रोलहरु सार्वजनिक भए । गीतको शब्दअनुसार दर्शकले साडी खोजे । केहीले गीतको संगीत कुनै हिन्दी गीतसँग मिल्यो कि क्या  हो १ भन्ने अनुमान गरे । 

तैपनि गीतको रफ्तार रोकिएको छैन । यसअघि दीपक–दीपाको समूहले बनाउँदै आएका सिनेमा जस्तेै यसले पनि दर्शकमाझ गहिरो छाप छोड्ने अनुमान लगाउन सकिन्छ । दीपाश्री निरौलाले दोस्रो पटक निर्देशन गरेको ‘छक्का पञ्जा २’ को यो गीतलाई यो समाचार तयार पार्दासम्म १३ लाख भन्दा धेरै पटक हेरिएको छ । गीत शुक्रबार बिहान ८ बजे सार्वजनिक गरिएको थियो । 

शुक्रबारदेखि लगातार ट्रेण्डिङ एकमा परेको ‘छक्का पञ्जा २’ को गीत चर्चामा आउनुका विविध प्रसंगहरु समेटेर हामीले एक सामाग्री तयार पारेका छौँ । 

माग्नेको क्याप्सन
गीतमा अभिनेत्री वर्षा राउतले लगाएको कट्टुलाई लिएर अभिनेता केदार घिमिरे उर्फ माग्नेबुढाले सामाजिक सञ्जालमा लेखेको क्याप्सनले निकै चर्चा पायो । गीतको भिडियो सेयर गर्दै केदारले लेखे, स्वस्तीमा खड्काको ‘कुटुमा कुटु’पछि वर्षा राउतको ‘कट्टुमा कट्टु’ हिट । यस गीतमा पनि कमेडी पात्रकै रुपमा देखिएका केदारले सामाजिक सञ्जालमार्फत पनि दर्शक  हँसाए ।  

नाइलनको साडीको खोजी 
गीतका शब्दमा साडी भनिएको छ तर भिडियोमा देखाइएको छैन । यसकारण प्राय दर्शकले भिडियोमा साडी खै रु भन्ने प्रश्न गरे । धेरैको यस्तो प्रतिकृया आएपछि सिनेमाका कलाकार, निर्माता र निर्देशकले पनि आ–आफ्नो शैलीमा जवाफ दिए ।
यसको जवाफमा अभिनेत्री स्वस्तीमा खड्काले सामाजिक सञ्जालमा लेखिन्, साडीको कुरामा नअल्झिनु होस् । यो गीत सिनेमाको कथासँग मिल्छ ।  त्यस्तै अभिनेता केदार घिमिरेले साडीको विषयलाई लिएर सामाजिक सञ्जालमा लेखे, ‘फिल्म हेरेपछि मात्रै थाहा हुन्छ साडी लाउन नमिल्ने कारण । ६ सय एपिशोड तीतोसत्य बनाइसकेको मान्छेलाई गीतले साडी भनिसकेपछि राख्नुपर्छ भन्ने सामान्य ज्ञान छैन होला त ? 

हल्का रमाइलो  । मिल्छ भने सेयर गरिदिनु होला ।’
त्यसो त आम दर्शकले ‘छक्का पञ्जा’को पूर्व पश्चिम रेल पनि अत्यधिक रुचाए तर त्यस गीतमा पनि रेल देखाइएको थिएन । के शब्दअनुसार सबैकुरा देखाउन जरुरी छ रु यो पनि अहिले सामाजिक सञ्जालमा प्रश्न बनेर आएको छ ।
 
फरक भएका कारण
निर्देशक दीपाश्री निरौला र दीपकराज गिरीले फिल्ममा आफूहरुले केही फरक गरेको बताएका छन् । दीपाश्रीले यस बारेमा बोल्दै भनिन्, ‘हामीले पहिलेका गीतहरु जस्तै बनाएको भए पनि सबैले एउटा चल्यो अनि सबै उस्तै बनाए भन्नुहुन्थ्यो । तर हामीले यसमा फरक गर्न खोजेका छौं र यो गीत अरुभन्दा फरक पनि छ । यहि कारण नै हामी यति धेरै चर्चामा छौं ।’  दीपकराज गिरीले भनेका छन्, ‘हामीले फरक नै गर्ने हो ।’ 
 

अल्मोडाले भ्रममा पारेपछि 
गायक अल्मोडा राना उप्रेतीलाई संगीत चोरेको आरोप लाग्यो । यो आरोप अन्ततः सहि साबित पनि भयो । यस बारेमा दीपकराज गिरिले पुष्टि गरेका छन् ।

उनले समाजिक सञ्जालमार्फत अल्मोडाले अरुको संगीत ल्याएर आफूहरुलाई भ्रममा पारेको र आफूहरुले गीतको वास्तविक संगीतकार थाहा पाउनसाथ उनीहरुको नाम भिडियोमा उल्लेख गरेको जानकारी पनि दिएका छन् ।

खासमा यस गीतमा प्रिन्स नेपाली र कान्छा मगर नेपालीको संगीत थियो । यस अघि संगीतकारको ठाउँमा अल्मोडाले प्रिन्स र आफ्नो नाम राखेका थिए । 


उज्यालोबाट साभार गरिएको ।


आइतबार ०८, साउन २०७४ ०७:१४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस