---
Tuesday, August 21 2018, 21:24 | मङ्गलबार ०५, भदौ २०७५ २१:२४
थारु संस्कृतिको संरक्षण गनु नयाँ पुस्ताको दायित्व होः थारु अगुवा

संस्कृति जोगाउन थारु साहित्यिक राष्ट्रिय मेलाको आयोजना

शनिबार, १९ चैत २०७३| Hari Joshi
थारु संस्कृतिको संरक्षण गनु नयाँ पुस्ताको दायित्व होः थारु अगुवा

एफ एम सम्वाददाता ÷कैलाली÷ चैत्र १९–
थारु पुर्खोहरुले सदियौ देखि मान्दै आएको थारु भाषा, साहित्यको संरक्षण र सम्बद्र्धन गनु अहिलेका नयाँ पुस्ताकोे मुख्य दातित्व भएको थारु अगुवाहरुले बताएका छन् । थारु भाषा, साहित्यको संरक्षण र सम्बद्र्धन गर्ने उदेश्यले धनगढी उपमहानगरपालिका वडा नम्बर ७ पटेलामा  आज देखि थारु साहित्यिक राष्ट्रिय मेला शुरु भएको छ । मेलाको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिर्थी थारु भाषा संस्कृतिका अभियन्ता अशोक चौधरीले थारु भाषा, साहित्यको संरक्षण र सम्बद्र्धनका लागी थारुहरु नै अग्रस हुनुपर्ने बताउनुभयो । उहाले विगतको थारु पुस्तार अहिलेको युवा पुस्तामा विचारमा र पश्रिममा ठुल्लो खाल्टो रहेको उल्लेख गर्दै पछिल्लो समयका युवाहरुले थारु भाषा संस्कृति, थारु लोक दर्शन वुझ्न नचाहेको कारण थारु भाषा संस्कृतिका लोप हुने खतरामा रहेको बताउनुभयो । थारु लेखक संघका केन्द्रिय अध्यक्ष कृष्णराज सर्वहारीले थारु पहिचानको आन्दोपन पछि थारु भाषा संस्कृतिको महत्व केहि बढ्दै गएकोे बताउनुभयो । उहाले थारु बाहुल्यता क्षेत्रका विद्यालयमा थारु भाषाको पठनपाठन हुनु पर्ने धारणा ब्यक्त गर्नुभयो । बिभिन्न इतिहासकारहरूले थारू जातिलाई नेपालको सबैभन्दा पुरानो आदिवासी जनजाति मानेका उनको भनाई छ । सरकारी बेवास्ताले नेपाल प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशन कुनै निकायबाट थारूका बारेमा पुस्तक प्रकाशनको साइत हाल सम्म नर्जुनु  दुखद भएको सर्वहारीले उल्लेख गर्नुभयो । थारु लेखक संघका केन्द्रिय सदस्य दिल बहादुर चौधरीले थारु साहित्यिक राष्ट्रिय मेलामा कञ्चनपुरदेखी नवलपरासीसम्मका थारु सहभागी हुने बताउनुभयो । उहाले भोली सम्म संचालन हुने मेलामा थारू लोकसाहित्यबारे छलफल, थारु साहित्यमा महिला लेखन, मदन पुरस्कार बिजेता रामलाल जोशीसँग अन्तरसम्बाद कार्यक्रम रहेको जानकारी दिनुभयो । सुदुरपश्चिमाञ्चलको कञ्चनपुरदेखि पूर्वाञ्चलको झापासम्म थारूहरूको वसोवास रहेकोले थारू भाषाका विभिन्न भाषिका रहेका छन् ।  नेपाली, मैथिली र भोजपुरीपछि थारू भाषा बोल्नेहरूको संख्या चौथो स्थानमा आँउछ । २०५८ सालको भाषिक जनगणना अनुसार थारू भाषा बोल्नेको संख्या ५।८६ प्रतिशत छ । 


शनिबार १९, चैत २०७३ ०७:४० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस