---
Thursday, November 23 2017, 02:17 | बिहिबार ०७, मङि्सर २०७४ ०२:१७
अनौठो कलेज, जहाँ टपरले होइन फेल भएकाहरुले मात्र पढ्न पाउँछन्

आइतबार, ०१ साउन २०७४| Nirmala Khadayat
अनौठो कलेज, जहाँ टपरले होइन फेल भएकाहरुले मात्र पढ्न पाउँछन्

एफएम संवाददाता
धनगढी, १ साउन ।

कलेजमा फेल हुनुभयो रु केही चिन्ता लिनुपर्दैन । दुनियामा एउटा यस्तो कलेज पनि रहेछ जहाँ फेल भएकाहरुले मात्र पढ्न पाउँछन् ।

फेल भएकाहरुले मात्र पढ्न पाउने कलेज अमेरिकामा छ । उक्त कलेजको नाम हो स्मिथ कलेज । सो कलेजले म्यासाच्यूसेट्स युनिभर्सिटीको सहयोगमा एक विशेष पाठ्यक्रम सञ्चालन गरेको छ जुन केवल फेल भएका विद्यार्थीहरुले मात्र पढ्न पाउँछन् ।


उक्त कलेजले संचालन गरेको सो विशेष कोर्सको नाम हो फेलिङ वेल । फेल भएसँगै आफ्नो करिअरलाई लिएर निकै चिन्तामा रहेका विद्यार्थीहरुलाई यो पठाइले निकै ठूलो सहयोग मिल्ने बताइएको छ ।

उक्त कोर्समा विद्यार्थीहरुलाई पढाइन्छ की फेल हुनुका पनि फाइदा हुन्छन् । साथै विद्यार्थीहरुलाई भविष्यका सम्भावना तथा अघि बढ्ने विषयमा जानकारीहरु प्नि सो कोर्समा गराइन्छ ।

वास्तवमा पढाइमा मात्र होइन, प्रेम सम्बन्ध, व्यवसाय लगायतका जिवनका विभिन्न पाटाहरुमा असफल हुनेहरुले यो पाठ्यक्रम पढ्न पाउँछन् र जिवनमा सकारात्मक उर्जा ग्रहण गर्न सक्दछन् ।

यो कलेजमा भर्ना पाउन के गर्ने ?  पहिले त अमेरिका जानुपर्यो । त्यसपछि उक्त कलेजमा गएर तपाइँले आफु के कुरामा फेल भएको हो बताउनुपर्दछ जस्तै जागिरमा हो की पढाइमा वा सम्बन्ध इत्यादिमा । त्यसपछि कलेजले तपाइँलाई भर्ना लिन्छ । अनि फेलिङ वेल कोर्स पढाइन्छ तपाइँलाई जहाँ विशेष कक्षाहरु संचालन ह’न्छन् । कक्षमा असफलतालाई कसरी सामना गर्ने, उत्प्रेरित भएर कसरी अघि बढ्ने लगायतका कुरा सिकाइन्छ । कलेजले तपाइँलाई असफलताको प्रमाणपत्र सँगै सफलता प्राप्त गर्ने बाटो देखाइदिन्छ ।

असफलहरुले पढ्ने विशेष कोर्स संचालन गर्ने स्मिथ कलेज निकै चर्चामा छ अचेल । कलेजमा भर्ना ह’नेहरुको संख्या पनि बढिरहेको बताइएको छ । 

अनलाइनखबरबाट साभार गरिएको ।
 


आइतबार ०१, साउन २०७४ ०४:४० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस