---
Saturday, June 23 2018, 00:57 | शनिबार ०९, असार २०७५ ००:५७
भानू गरिमा( कविता)

शुक्रबार, ३० असार २०७४| Radio Dhangadhi

(याे कविता शार्दूलविक्रीडित छन्दमा लेख्ने प्रयास गरिएकाे छ,भानुजयन्तीकाे विशेष अवसरमा, छन्दकाे छाेटाे परिचय: यस छन्दमा १९ अक्षरकाे एक पाउ हुन्छ। चार पाउकाे एक श्लाेक हुन्छ। १२अाैं र १९अाैं अक्षरमा विश्राम हुन्छ। यसमा म स ज स त त गण र अन्तिममा एउटा दीर्घ हुन्छ। गणसूत्र: मातारा सलगा जभान सलगा, ताराज ताराज गा।)

साल् अट्ठारसये एक्हत्तर असार्, उन्तीसका दिनमा।
भानू नाम उदाइ काव्य रसिलाे, रम्घा चुँदी गाउँमा।
बाजे श्रीकृष्ण हुन् पिता धनन्जयै, धर्मावती मातृ हुन्।
अक्षर् लेख्न सिकाउने प्रिय गुरू, बाजे ति श्रीकृष्ण हुन्।

रामायण् अनुवाद् गरे हृदयले, अाध्यात्मकाे चेतले।
घर् घर् मा सबले पढे रामकथा, अानन्दका भावले।
भानूभक्त भनेर चीनिन गए, संसारका माझमा।
शिक्षा नैतिककाे छरे जगभरी, यश् कीर्तिका साथमा।

माेतीराम थिए बडा गुणि कवी, त्याे माध्यमिक् कालमा।
भानूभक्त चिनाउने कवि यिनै,अादीकवी नाममा।
पाण्डूलीपि सँगालि कीर्ति यिनले, छापीदिए हर्षले।
भाषाकाे महिमा स्वदेश भरिमा, छर्कीदिए ताेषले।

नेपाली पहिचान कायम गरी, एकत्वकाे सम्झना।
नस् नस् मा सबका भिजाइदिनुभाे, नेपालिको भावना।
भातृप्रेम र पीतृभक्ति मनमा, संस्कारकाे साथमा।
अाज्ञापालनकाे मिठो रस दिने, ती भानुकै कृतिमा।

भानूकाे महिमा अपार अति नै, नेपालि साहित्यमा।
अाफ्नाे नाम अमर् बनाइ सहजै, हिमालि सान्निध्यमा।
नेपाली मनमा भिजेर सजिलै,प्रख्यात हुँदा भए।
भाषाकाे गरि खूब् प्रचार तिनले, विश्राम लीदा भएँ।

Chakra Dev Bhatt  (सृजन)
रचना मिति: २०७४/०३/२९ गते।


शुक्रबार ३०, असार २०७४ १०:४० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस