Nepali Khabar

08:00 PM - 08:30 PM

Tuesday, September 26 2017, 20:21 | मङ्गलबार १०, असोज २०७४ २०:२१
डोटिमा सेनाको रेडियोको परिक्षण प्रशारण सुरु

बिहिबार, २९ असार २०७४| Nirmala Khadayat
डोटिमा सेनाको रेडियोको परिक्षण प्रशारण सुरु

एफएम संवाददाता
डोटि, २९ असार ।


नेपाली सेनाले डोटीबाट आफ्नो एफएम रेडियोको परिक्षण प्रशारण सुरु गरेको छ । जिल्ला सदरमुकाम सिलगढी स्थित पैयाभञ्ज्याङ डाँडामा रिपिटर टावर खडा गरी सेनाले एफएम रेडियोको परिक्षण प्रशारण सुरु गरेको हो ।

रेडियो १०१ दशमलव ६ मेगाहर्जमा सुन्न सकिने सुदूरपश्चिम पृतना हेडक्वाटर दिपायल राजपुरले जनाएको छ । सुरुमा एक घण्टामात्रै सञ्चालन भइरहेको रेडियोमा सेनाले काठमाडौंमा तयार पारेको सामाग्री तथा सैनिक गतिविधि प्रशारण गर्ने गरेको छ ।

रेडियो बेलुकी ७ बजे देखि ८ बजे सम्म प्रसारण हुँदै आएको छ । सेनाको रेडियोसहित डोटीमा एफएम रेडियोको संख्या चार पुगेको छ ।

प्रतिकृया दिनुहोस