Nepali Bahas

06:00 AM - 07:00 AM

Saturday, November 18 2017, 06:24 | शनिबार ०२, मङि्सर २०७४ ०६:२४
५० वर्षसम्म लिभिङ टुगेदर, पाप पखाल्न भन्दै ८० वर्षमा बिहे

बुधबार, २८ असार २०७४| Nirmala Khadayat
५० वर्षसम्म लिभिङ टुगेदर, पाप पखाल्न भन्दै ८० वर्षमा बिहे

एफएम संवाददाता
धनगढी,२८ असार ।

आधुनिकतासँगै युवा युवतीहरुमा बिहे नगरिकन सँगै बस्ने अर्थात् लिभ इन रिलेसनसीपको ट्रेण्ड बढिरहेको छ ।

तर यो चलन आजभन्दा ५० वर्षअघि पनि थियो भन्दा अनौठो लाग्नसक्ला । भारतमा एक जोडीले ५० वर्षको लिभइन रिलेसनलाई हालै बल्ल बिहेमा परिणत गरेको छ ।


विगत ५० वर्षदेखि लिभिङ टुगेदरमा रहेका ८० वर्षका सुख कुशवाह नामका वृद्धले आफ्नी प्रेमिका ७५ वर्षकी हरियासँग बिहे गरेका हुन् ।

उनीहरु एकअर्कालाई खुब मन पराउँथे । तर उनीहरुको त्यो समयमा प्रेम विवाह सहज थिएन । दुबै जनाको परिवार उनीहरुको बिहेका लागि राजी भएन । त्यसपछि सुख र हरियाले बिहे नगरीकनै सँगै बस्न थाले ।

मध्यप्रदेशको फाइतपुरमा बस्ने यो जोडीले बिहे नगरीकनै हालसम्म ४ वटा बच्चा जन्माइसकेको छ । परिवार खुसी र सुखी छ । घरजम मज्जाले बसे पनि हरिया चाहिँ खुसी थिइनन् । आफूले बिहे नगरिकनै यत्रोवर्ष सँगै बसेको र बच्चाबच्ची जन्माएको भए पनि उनलाई औपचारिक रुपमा बिहे गर्ने धोको थियो ।

उता जीवनको यस घडीका आइपुगेपछि सुखलाई लाग्न थालेको थियो कि अब जीवनको अन्तिम समयतिर आइयो । मृत्युपश्चात आफू र आफ्नी पत्नीको मोक्ष कसरी होला भन्ने कुराको चिन्ता बढ्न थाल्यो उनमा रु विधिवत विवाह नगरी सँगै बसेका र बच्चा बच्ची पनि जन्माएका सुख र हरियाको सम्बन्धलाई धर्मशास्त्र र समाजले समेत अनैतिक र अवैध भन्थ्यो । यस्तो सम्बन्धमा रहने जोडीहरुको पाप नपखालिने र मोक्ष प्राप्त गर्न नसक्ने हिन्दू परम्पराले सुखलाई पनि पिरोल्यो । त्यसैले बिहे विनाको अवैध सम्बन्धकोे पाप पखाल्न तथा मृत्युपश्चात मोक्ष प्राप्त गर्ने चाहनामा उनले गत ३० जूनका दिन हरियासँग विधिवत रुपमा बिहे गरे ।

बुवाआमाको औपचारिक बिहेको कुरालाई लिएर उनीहरुका छोराछोरीहरु पनि निकै खुसी थिए । सबै मिलेर धुमधामसँग बिहेको आयोजना गरे । हरिया र सुखको बिहेमा उनीहरुका नाति नातिनाहरु समेत निक्कै मज्जाले नाचे ।

अनलाइनखबरबाट साभार गरिएको ।


बुधबार २८, असार २०७४ ०७:३२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस