---
Tuesday, August 21 2018, 21:23 | मङ्गलबार ०५, भदौ २०७५ २१:२३
थारु भाषा साहित्य संरक्षण र सम्बद्र्धन गर्न थारु साहित्य मेलाको आयोजना हुदै

शुक्रबार, १८ चैत २०७३| Aashiq BP Rana
थारु भाषा साहित्य संरक्षण र सम्बद्र्धन गर्न थारु साहित्य मेलाको आयोजना हुदै

एफ एम सम्वाददाता ÷धनगढी÷ चैत्र १७– 
थारु भाषा साहित्यको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले यहि चैत्र १९ देखि २० गतेसम्म धनगढीमा थारु साहित्य मेलाको आयोजना हुने भएको छ । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा थारु भाषा संरक्षणमा टेवा पुगोस भनेर धनगढी उप–महानगरपालिका ७ पटेला गाउँमा साहित्य मेलाको आयोजना हुने जनाइएको हो । नेपाल सरकारबाट थारु भाषाको साहित्यलाई त्यति वास्ता नगरेकाले केन्द्रमा दवाब पु¥याउनका लागि पनि यहाँ साहित्य मेलाको आयोजना गरिएको थारु लेखक संघका दिलबहादुर चौधरीले जानकारी दिनुभयो । यहि वर्षको बैशाख ३ र ४ गते दाङको घोराइबाट सुरु भएको थारु साहित्य मेलाको यो दोस्रो संस्करण हो । मेलामा कञ्चनपुर देखि नवलपरासीका थारु साहित्यकार तथा बुद्धिजीवीको सहभागिता रहेने उहाँले बताउनुभयो । साथै मेलामा विगत र हालसम्मको थारु साहित्यको बारेमा बहस तथा छलफल समेत हुने जनाइएको छ । दुइ दिनसम्म चल्ने मेलामा थारु समुदायमा प्रचलित सखिया, मघौटा नाच तथा थारु लोक साहित्यबारे चर्चा हुनेछ । सहभागिहरुविच समसामयिक थारु साहित्य सम्बन्धमा अन्तसंवादको आयोजना समेत गरिएको थारु लेखक संघका चौधरीले जानकारी दिनुभयो । यस्तै कार्यक्रममा थारु समुदायको मानक भाषा तथा लेखन शैलीबारेमा पनि छलफल हुने उहाँले बताउनुभयो । थारु गायक तथा गायिकाको गायन सँगै थारु समुदायको मातृभाषाका सम्बन्धमा पनि थारु भाषाकाज्ञाताविच अन्तक्रीया कार्यक्रमको आयोजना हुने जनाइएको छ । थारु संस्कृतिको संरक्षणका लागि विगत दुइ वर्ष देखि भब्यताकासाथ मनाइदै आएको थारु समुदायको चिरै भजहर पर्व यो वर्ष पनि धुमधामकासाथ मनाइने भएको छ । आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त पर्व यो वर्ष धनगढी उपमहानगरपालिका स्थित थारु छात्राबासमा यहि चैत्र महिनाको शुक्ल पक्ष अर्थात २१ गते भव्यताकासाथ मनाइने जनाइएको हो । थारु संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले स्थापना भएको सखी संजालको आयोजनामा कार्यक्रम हुने संजालकी अध्यक्ष इन्दु थारुले जानकारी दिनुभयो । चिरै भजहर पर्व विशेष गरि अविवाहित महिलाले मनाउने प्रचलन छ । यो पर्वलाई थारु समुदायमा महिला स्वतन्त्रताको पर्वको रुपमा पनि मानिन्छ । यो पर्वमा अविवाहित महिला घरबाट टाढा रहेको बगियामा गएर पौराणिक खेल खेल्ने नाचगान गरेर रमाइलो गर्ने गर्दछन् । परिवारका अन्य सदस्यले मिठो परिकार बनाएर छोरीबेटीलाई बगियामा नै पु¥याएर खुवाउने चलन रहेको चिरै भजहर पर्वका जानकार दुर्गा कुश्मीले बताउनुभयो । यो पर्व केहि थारु समुदायले भने केहि दिन अघि मनाइ सकेका छन् । भने, यो पर्वलाई कुनै थारु गाउँमा भने बैशाखको सुरुवातमा पनि मनाउने चलन रहेको थारु जानकार बताउँछन् ।


शुक्रबार १८, चैत २०७३ ११:५६ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस