Nepali Khabar

08:00 PM - 08:30 PM

Tuesday, September 26 2017, 20:23 | मङ्गलबार १०, असोज २०७४ २०:२३
यसबर्ष मदन पुरस्कारको दाबी गर्ने उत्कृष्ट पुस्तकहरुको सूची सार्वजनिक

सुदूरपश्चिमका स्रष्टा राज सरगमको छाउघर पनि उत्कृष्ट सुचीमा

सोमबार, २६ असार २०७४| Nirmala Khadayat
यसबर्ष मदन पुरस्कारको दाबी गर्ने उत्कृष्ट पुस्तकहरुको सूची सार्वजनिक

एफएम संवाददाता
धनगढी, २५ असार ।

मदन पुरस्कार गुठीले ०७३ सालमा प्रकाशित कृतिहरुमध्येबाट पुरस्कारको दाबी गर्ने उत्कृष्ट पुस्तकहरुको सूची सार्वजनिक गरेको छ । पुरस्कारका निम्ति प्राप्त भएका १ सय ९५ पुस्तकमध्येबाट ‘श्रेष्ठ सूची’ छनोट गरिएको गुठीले जनाएको छ ।

गुठीका अनुसार, गठन गरिएको समितिको रोजाइमा नौ पुस्तक छनोट गरिएको र मनोनयनमा परेका यिनैमध्येबाट सर्वश्रेष्ठ एक पुस्तकलाई ०७३ सालको मदन पुरस्कार दिइनेछ । गत वर्ष ७ पुस्तकको श्रेष्ठ सूची निकालेको गुठीले यसपाली नौ पुस्तकको नाम छनोट गरेको छ ।

विगत वर्षमा एकैचोटि विजेताको नाम सार्वजनिक गर्ने गरेको गुठीले ०७२ सालबाट श्रेष्ठ सूची सार्वजनिक गर्ने चलन सुरु गरेको हो । यसपाली श्रेष्ठ सूचीमा परेका र मदन पुरस्कारको दौडमा रहेका नौ कृतिमा सुदूरपश्चिमका स्रष्टा राज सरगमको छाउघर पनि परेको छ ।

उहाको कृति श्रेष्ठ सूचीमा दोस्रोमा परेको छ । गत वर्ष सुदूरपश्चिमका साहित्यका रामलाल जोशीको ऐना कथा सङग्रहले मदन पुरुस्कार जितेको थियो । यस्तै, श्रेष्ठ सूचीमा पर्ने कृतिहरुमा पुरूषोत्तमलोचन श्रेष्ठको गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा शरद पौडेलको तपन, जय छाङ्छाको दोहाको सीधा उडान, घनश्याम कँडेलको धृतराष्ट्र परेका छन ।

हरि अधिकारीको प्रतिनायक, सीमा आभासको म स्त्री अर्थात् आइमाई, राजेन्द्र पराजुलीको शुक्रराज शास्त्रीको चस्मा र नवराज पराजुलीको सगरमाथाको गहिराइ पनि श्रेष्ठ सूचीमा परेका छन । 

प्रतिकृया दिनुहोस