---
Tuesday, September 17 2019, 04:59 | मङ्गलबार ३१, भदौ २०७६ ०४:५९
समाचार
सभामुखमा  महराको उम्मेदवारी
शुक्रबार, २५ फागुन २०७४ | Radio Dhangadhi
प्रतिनिधिसभाको सभामुखमा कृष्णबहादुर महराले उम्मेदवारी दिएका छन् ।
सभामुख पदका लागि आज  मनोनयन
शुक्रबार, २५ फागुन २०७४ | Radio Dhangadhi
प्रतिनिधिसभाको सभामुख पदका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै छ ।  सभामुख चयनको कार्यलालिका अनुसार बिहान १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ता गर्नुपर्ने समय तोकिएको छ ।
जोगबुडामा महिला छात्रावास सञ्चालन
बिहिबार, २४ फागुन २०७४ | Radio Dhangadhi
जनस्तरबाट सञ्चालित त्रिवेणी बहुमुखी क्याम्पस जोगबुडा, परशुराम नगरपालिकामा निर्मित छात्रावास भवनको आज नेपालका लागि जापानी राजदूत मासाकी ओगावाले उद्घाटन गर्नुभएको छ ।
चौमाला बहुमुखी क्याम्पस भवनको शिलान्यास
बिहिबार, २४ फागुन २०७४ | Hari Joshi
चौमाला बहुमुखी क्याम्पस भवनको शिलान्यास गरिएको छ ।आज एक समारोहकाबीच पूर्वमन्त्री एवम् निर्वाचन क्षेत्र ४ कैलालीका प्रतिनिधिसभा सदस्य लेखराज भट्टले ६ कोठे भवनको शिलान्यास गर्नुभएको हो ।
बिरामीलाई फलफूल वितरण
बिहिबार, २४ फागुन २०७४ | Hari Joshi
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा धनगढी लेडिज जेसिसले सेती अञ्चल अस्पतालमा रहेका बिरामीलाई आज फलफूल वितरण गरेको छ ।
‘सरसफाइ सरकारको उच्च प्राथमिकतामा’
बिहिबार, २४ फागुन २०७४ | Radio Dhangadhi
वाग्मती सफाइ महाअभियान र गैरआवासीय नेपाली संघ सरसफाइसम्बन्धी अन्तर्राष्ट्रिय युवा समितिले विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणाको माग गर्दै १७६ विशिष्ट व्यक्तिले गरेको हस्ताक्षर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन् ।
शुशासनयुक्त वन बनाउन कार्यशाला गोेष्ठी
बिहिबार, २४ फागुन २०७४ | Radio Dhangadhi
कैलाली जिल्लाका तिन वटा करिडोरमा रहेका १० वटा सामुदायिक वनलाई एफएमडिसी कैलालीले शुशासनयुक्त बनाएपछि फेरी गौरीगंगा नगरपालिकामा रहेको सुनपाल सामुदायिक वनबाट यो अभियान सुरु गरेको हो ।
संसदीय दलको नेतामा पार्टी सभापति  देउवा
सोमबार, २१ फागुन २०७४ | Radio Dhangadhi
नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ ।
प्रतिनिधिसभाको  पहिलो बैठक: ‘अन्तरिम कार्यविधि, २०७४’ पारित
सोमबार, २१ फागुन २०७४ | Radio Dhangadhi
संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकले सो कार्यविधि पारित गरेको हो । बैठकको अध्यक्षता गर्नुभएका प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले उक्त कार्यविधि पारित गर्नका लागि प्रस्ताव गर्नुभएको थियो । उक्त प्रस्ताव गरेलगत्तै सांसद प्रेम सुवालले आसनबाट उठेर नियमापत्ति जनाएपछि ज्येष्ठ सदस्य ठाकुरले कुनै नियम नबनेको अवस्थामा केको आपत्ति भन्दै आसन ग्रहण गर्न आग्रह गर्नुभएको थियो ।
राष्ट्रियसभाको अभ्यास शुरु, अन्तरिम कार्यविधि पारित
सोमबार, २१ फागुन २०७४ | Radio Dhangadhi
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि राष्ट्रियसभाको पहिलो अभ्यास आजदेखि शुरु भएको छ ।
जर्सी गाईपालनमा आकर्षित बन्दै कृषक
सोमबार, २१ फागुन २०७४ | Radio Dhangadhi
बझाङका कृषकहरु जर्सी गाई पालनमा लागेका छन् ।
मृतकका आफन्त र अस्पताल प्रशासनबीच सहमति:सेवा सुचारु
सोमबार, २१ फागुन २०७४ | Radio Dhangadhi
कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालका सबै सेवा आइतबारदेखि सञ्चालन भएका छन्। शनिबार अस्पतालमा उपचाररत भीमदत्तदनगरपालिका–११ भुजेलाका ४६ वर्षीया कलावती सार्कीको मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तले अञ्चल अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि नै दुव्र्यवहार गरेपछि अस्पतालका सबै सेवा ठप्प गरिएको थियो।
नयाँ अनुसन्धान : वैज्ञानिक भन्छन्, ‘मधुमेह एक होइन ५ छुट्टाछुट्टै रोग हो’
सोमबार, २१ फागुन २०७४ | Radio Dhangadhi
मधुमेह शरीरमा सुगरको मात्रा बढी हुँदा हुनेगर्छ र यसलाई सामान्यतया टाइप १ र टाइप २ भनेर दुई भागमा वर्गीकरण गरिएको छ।
आज दुवै सदनको बैठक एकै समयमा
सोमबार, २१ फागुन २०७४ | Radio Dhangadhi
मुलुकमा नयाँ संविधान जारी भई प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आजदेखि शुरु हुदै छ ।
काँग्रेस संसदीय दलको नेताका लागि मतदान हुँदै
सोमबार, २१ फागुन २०७४ | Radio Dhangadhi
दिउँसो १ बजेसम्म काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा मतदान हँुदैछ ।  कूल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् ।
पाकिस्तानी प्रधानमन्त्री आज नेपाल आउँदै
सोमबार, २१ फागुन २०७४ | Radio Dhangadhi
इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा आज अपराह्न राजधानी आउँदै हुनुहुन्छ ।
भोली (आइतबार) धनगढीमा बृहत रक्तदान कार्यक्रमको आयोजना हुदै
शनिबार, १९ फागुन २०७४ | Radio Dhangadhi
पछिल्लो पटक धनगढीमा रगतको चरम अभाव देखिन थालिएका बेला गुरुकुलले रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो ।
चमेलीयामा ८ मेगावट विद्युत थपिने
बुधबार, १६ फागुन २०७४ | Radio Dhangadhi
चमेलीयामा बैशाख अन्तिम सातादेखी ८ मेगावट विद्युत थपिने भएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर २ देथलामा अपि पावर कम्पनी लिमिटेडले निर्माण गरीरहेको अपर नौगाडले उत्पादन गर्ने विद्युत थपिने भएको हो ।
अस्तब्यस्थ अस्थाइ राजधानी, ट्राफीक व्यवस्थापन चुनौती
बुधबार, १६ फागुन २०७४ | Hari Joshi
प्रदेश नम्बर ७ को अस्थायी मुकाम धनगढी भएसँगै यहाँ सवारी साधनको चाप अत्यधिक बढ्दै गएको छ।
राजधानि र नामका विषयमा जनता उत्सुक, प्रदेश सांसद मौन
बुधबार, १६ फागुन २०७४ | Dinesh Thakulla
प्रदेश नम्बर ७ को राजधानी र नामका विषयमा औपचारिक छलफल नभएपनि सामाजिक संजाल र अन्य सार्वजनिक स्थलहरुमा बहस सुरु भएको छ । प्रदेशको नाम के रहने र राजधानी कता होला भन्ने उत्सुकता जनतामा रहेको छ ।
"मर्यादित भएर होली मनाउनुहोस्"
बुधबार, १६ फागुन २०७४ | Radio Dhangadhi
जिल्ला प्रशासन कार्यालय कैलालीले होली पर्व मर्यादित रुपमा मनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
पोषण सम्बेदनशील कृषिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा
बुधबार, १६ फागुन २०७४ | Radio Dhangadhi
पहाडी क्षेत्रका बासिन्दाको पोषणको अवस्थामा सुधार ल्याउन पोषण संवेदनशील कृषि अभ्यासको प्रवद्र्धन गर्न सञ्चालित परियोजनाको सफल अभ्यासबारे छलफल गर्न अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ ।
राना थारू समुदायको संस्कृति जगेर्ना गर्छौ : मुख्यमन्त्री भट्ट
बुधबार, १६ फागुन २०७४ | Hari Joshi
प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले राना समुदायको संस्कृति जगेर्ना गर्ने कार्यका लागि कटिबद्ध भएको बताउनु भएको छ ।
बिनासहमति महाकालीमा भारतले चार पुल बनायो
बुधबार, १६ फागुन २०७४ | Radio Dhangadhi
भारतीय पक्षले नेपालको सहमति बिना नै महाकाली नदीमाथि चारवटा काठे पुल लगाएको छ । केही महिनापहिले जिल्ला प्रशासन कार्यालय, दार्चुलालाई सहमतिका लागि पत्राचार गरेको भारतले नेपालले सहमति नजनाउँदै चार पुल लगाउँदै आफ्नो मिचाहा प्रवृत्ति देखाएको छ ।
रेशमलाल चौधरीद्धारा आत्म सर्मपण
सोमबार, १४ फागुन २०७४ | Radio Dhangadhi
टिकापुर घटनाका आरोपी रेशमलाल चौधरीले आज जिल्ला अदालत कैलालीमा आत्म सर्मपण गरेका छन् ।