---
Tuesday, August 21 2018, 21:24 | मङ्गलबार ०५, भदौ २०७५ २१:२४
राजनीति
स्थानीय तहको चुनावले राजनीतिक चहलपहल
शुक्रबार, १८ चैत २०७३ | Urmila Bhatta
प्रदेश नम्बर ७ को एकमात्र उपहानगरपालिका धनगढीमा स्थानीय तहको चुनावले राजनीतिक दलका नेता कार्यकर्तामा निकै चहलपहल बढाएको छ । विभिन्न राजनैतिक दल सम्वद्ध उम्मेदवारका आकांक्षीहरु एकातिर नेतृत्व रिझाउन लागि परेका छन् भने अर्कोतिर सम्भावित अन्तरघातको त्रासमा पनि रहेका छन् ।
सोमबार, १४ चैत २०७३ | Hari Joshi
आउदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्बाचनका लागि कैलालीमा २ सय ३२ वटा मतदान स्थल रहने भएका छन् । यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्बाचनमा कैलालीमा २ सय १७ मतदान स्थल रहेको निर्बाचन आयोगको कार्यालयले जनाएको छ ।
नेपाली जनता र नेपाल सरकारवाट नेपालको सिमामा कुनैपनि किसिमको हस्तक्षेप स्वुकार्य हुदैनः  गृहमन्त्री निधि
शनिबार, १२ चैत २०७३ | Hari Joshi
नेपाल सरकारका गृहमन्त्री तथा नेपाली कंग्रेसका नेता विमलेन्द्र निधिले नेपाली जनता र नेपाल सरकारवाट नेपालको सिमामा कुनैपनि किसमको हस्तक्षेप स्वुकार्य नहुने वताउनु भएको छ ।
खुला सीमा हटाई व्यवस्थित र वैधानिक सिमाना प्रयोग गर्न सुझाव
शुक्रबार, ११ चैत २०७३ | Hari Joshi
पुनर्वास घटनाबारे स्थलगत अध्ययनका लागि आएका संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिका सांसद्समक्ष कञ्चनपुरका राजनीतिक दलले भारतसँगको खुला सीमा हटाई व्यवस्थित र वैधानिक सिमाना मात्र प्रयोग गर्न सुझाव दिएका छन् ।
स्थानिय चुनावको मिति नजिकिदै गर्दा राजनैतिक सरगर्मि बढ्दै
बिहिबार, १० चैत २०७३ | Hari Joshi
स्थानिय चुनावको मिति नजिकिदै गर्दा कैलालीमा राजनैतिक सरगर्मि बढ्दै गएको छ । गाँउमा जनतासंग खासै भेटघाटमा नजाने पार्टीका नेताहरु अहिले भने  बेला बेलामा गाउ तिर धाइरहेका छन । चुनावको चहलपहलले गर्दा अहिले सबै नेताहरु भेटघाट कार्यक्रममा ब्यस्त रहने गरेका छन ।
सहिद गौतम परिवारलाई माओवादी केन्द्रद्धारा ६ लाख सहयोग
बिहिबार, १० चैत २०७३ | Hari Joshi
नेकपा (माओवादी केन्द्र)ले केही दिन पहिले कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीले हत्या गरेका सहिद गोविन्द गौतमको परिवारलाई रु ६ लाख सहयोग प्रदान गरेको छ ।
बेलडाँडी नगरपालिका गाउँपालिकामा परिणत
मङ्गलबार, ०८ चैत २०७३ | Hari Joshi
कञ्चनपुर,८ चैत । कञ्चनपुरको बेलडाँडी नगरपालिका स्थानीय निकाय पुनःसंरचनाअनुसार गाउँपालिकामा परिणत भएको छ ।
वैशाख ३१ मै चुनाव गर्न प्रमुख चार दल प्रतिवद्ध
सोमबार, ०७ चैत २०७३ | Radio Dhangadhi
७ चैत, काठमाडौं । स्थानीय तहको चुनाव घोषित मिति वैशाख ३१ मै  गर्न प्रमुख चार दल प्रतिवद्ध भएका छन् । साथै मधेसी मोर्चालाई कसरी चुनावमा ल्याउन सकिन्छ भन्नेबारे छलफल थालेका छन् ।
जमलको झडपमा पशुपतिसम्शेर घाइते
सोमबार, ०७ चैत २०७३ | Radio Dhangadhi
काठमाडौं— राप्रपाका पूर्व अध्यक्ष तथा बरिष्ठ नेता पशुपति सम्शेर राणा जमलमा प्रहरीसँगको झडपमा घाइते भएका छन्। जुलुसको नेतृत्व गरी जमल चोकबाट निर्वाचन आयोगतर्फ अघि बढ्ने क्रममा प्रहरीसँग झडप भएको हो।
अश्रुग्यासले सडकमै ढलेपछि कोमल ओली अस्पताल भर्ना
सोमबार, ०७ चैत २०७३ | Radio Dhangadhi
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमबार दिउँसो आयोजना गरेको निर्वाचन आयोग धर्नाका क्रममा पार्टी केन्द्रीय सदस्य कोमल ओली बेहोस भएर ढलेकी छिन्।
कैलालीमा लगाइयो लाठी, भाला र खुकुरी बोक्न प्रतिबन्ध
आइतबार, ०६ चैत २०७३ | Hari Joshi
जिल्ला प्रशासन कार्यालय कैलालीले अनुमति प्राप्त गरेका व्यक्तिका नाममा रहेका हातहतियारलाई स्थानीय तहको निर्वाचनको अवधिभर जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा बुझाउन सम्बन्धितसँग आग्रह गरेको छ ।
मेची महाकाली राष्ट्रिय अभियान सफलतापूर्वक सम्पन्नः केपी शर्मा ओली
शनिबार, ०५ चैत २०७३ | Hari Joshi
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको मेची महाकाली राष्ट्रिय अभियान सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ ।मेची–महाकाली राष्ट्रिय अभियानको समापन अबसरमा एमालले आज  आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अभियानमा जनसहभागिता, उत्साह र जनताको स्वतःस्फूर्त सद्भावबाट पार्टी अत्यन्त उत्साहित र हर्षित भएको बताउनुभयो ।
देशभरका ४८१ गाउँपालिकाका कार्यकारी अधिकृत तोकिए (सूचीसहित)
शुक्रबार, ०४ चैत २०७३ | Hari Joshi
काठमाडौं ,४ चैत। सरकारले ४८१ गाउँपालिकाका कार्यकारी अधिकृत खटाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अधिकृतहरुलाई गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृतका रुपमा काजमा खटाएको हो । मन्त्रालयले कुनै विलम्ब नगरी खटिएको ठाउँमा रमाना र्लिर हाजिर हुन सबै अधिकृतहरुलाई निर्देशन पनि दिएको छ ।
शोकमा रहेको गौतमको परिवारलाई सान्तवना दिन अध्यक्ष ओली  गौतमको घर जादै
बिहिबार, ०३ चैत २०७३ | Hari Joshi
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको सीमा रक्षा गर्दा भारतीय सुरक्षाकर्मी (एसएसबी)को गोली लागेर ज्यान गुमाएका सहिद गोविन्द गौतमका परिवारलाई भेट्ने भएका छन् ।
सरकारले ल्याएको संविधान संशोधनका कुनै पनि प्रस्ताव मधेसी र थारु समुदायको हितमा नभएको एमालेको दाबी
बिहिबार, ०३ चैत २०७३ | Hari Joshi
सरकारले सीमांकन हेरफेर बाहेक अन्य तीन बुँदामा संविधान संशोधन विधेयक पारित गर्ने पहल थालेलगत्तै प्रमुख विपक्षी नेकपा एमालेले कुनै पनि हालतमा पारित हुन नदिने घोषणा गरेको छ ।
'भौगोलिक अखण्डता, स्वतन्त्रता र स्वाभिमानका बारेमा  कसैसँग सम्झौता नगर्ने': ओली
बिहिबार, ०३ चैत २०७३ | Hari Joshi
धनगढी ३ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भौगोलिक अखण्डता, स्वतन्त्रता र स्वाभिमानका बारेमा नेकपा एमालले कसैसँग सम्झौता नगर्ने उद्घोष गर्नुभएको छ ।
मेची–महाकाली राष्ट्रीय अभियान भोली धनगढी पुग्ने
बुधबार, ०२ चैत २०७३ | Hari Joshi
हरि जोशी  धनगढी २ चैत्र ।  नेकपा (एमाले)को मेची–महाकाली राष्ट्रीय अभियान भोली धनगढी पुग्ने भएको छ । मेचीको काकडभिट्टादेखि फागुन २१ गतेबाट सुरु भएको अभियान भोली धनगढी पुग्ने भएको हो ।
कैलालीमा बन्दको प्रभाव सुन्य
बुधबार, ०२ चैत २०७३ | Hari Joshi
नेकपा एमालेको आम सभालाइ लक्षीत गर्दै थरुहठ तराइ पार्टिले गरेको तराइ बन्दको प्रभाव सुन्य देखिएको छ ।
गाउँपालिकाका सेवा सुरु
मङ्गलबार, ०१ चैत २०७३ | Radio Dhangadhi
धनगढी १ चैत्र, नयाँ संरचना अनुसार डडेल्धुरामा गाउँपालिकाका सेवा सुरु भएका छन् । संघीय संरचना अनुसार पाँच गाउँपालिका र दुई नगरपालिका सहित सात वटा स्थानीय तह तोकिएको जिल्लामा नगरपालिकाहरु यथावत रहँदा गाविसहरु बिगठन भई नयाँ संरचनाको गाउँपालिकाबाट आजदेखी सेवा सुरु भएका हुन् ।
कञ्चनपुर गोलीकाण्डः संसदमा मधेसी मोर्चा बाहेक सबै दलको एउटै स्वर
शनिबार, २८ फागुन २०७३ | Radio Dhangadhi
कञ्चनपुरको आनन्दबजारमा भारतीय पक्षबाट नेपालीको ज्यान जाने गरी भएको गोलीकाण्डलाई लिएर संसदमा प्रमुख राजनीतिक दलहरुले सरकारसँग जवाफ मागेका छन् ।