---
Friday, October 18 2019, 20:01 | शुक्रबार ०१, कार्तिक २०७६ २०:०१
News By Hari Joshi
Hari Joshi

Journalism is my passion. Station Manager At Radio Dhangadhi 90.5 Mhz.

   
मङ्गलबार, २९ चैत २०७३ | Hari Joshi
चलेन भने यो लिन्कमा क्लिक गर्नुहोला
सोमबार, २८ चैत २०७३ | Hari Joshi
Dhangadi Premier League, 2nd Match: Rupandehi Challengers v Kanchanpur Iconic at Dhangadi, Apr 10, 2017
सोमबार, २८ चैत २०७३ | Hari Joshi
1st Match: CYC Attariya v Kathmandu Goldens at Dhangadi, Apr 10, 2017
रुखको हागा भाचिदा एक बालकको मृत्यु, एक बृद्धा गम्भिर घाइते
आइतबार, २७ चैत २०७३ | Hari Joshi
रुखको हागा भाचिदा आज बिहान कैलालीको अत्तरीयामा एक बालकको मृत्यु भएको छ भने एक बृद्धा गम्भिर घाइते हुनुभएको छ । गोदावरी नगरपालिका वडा नं २ बनखेत बस्ने लाल बहादुर सिङजाली मगरका आठ बर्षिया छोरा रोशन सिन्जाली मगरको घटना स्थलमा नै ज्यान गएको हो  भने लाल बहादुरकी आमा ६५ बर्षिया कुन्ता सिन्जाली गम्भिर घाइते हुनु भएकों छ ।
७० जना नयाँ निर्वाचन अधिकृतहरु तोकिए
आइतबार, २७ चैत २०७३ | Hari Joshi
निर्वाचन आयोगले ७३ जना निर्वाचन अधिकृतहरुको नाम हटाएको छ । साथै ७० जना नयाँ निर्वाचन अधिकृतहरु तोकिएका छन् । २४ जनालाई अन्यत्र सरुवा गरिएको छ भने २० जना निर्वाचन अधिकृतहरुलाई जगेडामा राखिएको छ ।
लगातार तीन दिन परेको वर्षा र असिनाले सुदूरपश्चिम क्षेत्रको कृषी बालीमा क्षति
शुक्रबार, २५ चैत २०७३ | Hari Joshi
डडेलल्धुरा लगायत सुदूरपश्चिममा लगातार तीन दिन परेको वर्षा र असिनाले कृषी बालीमा क्षति भएको छ । वर्षा र असिनाले आलु, काँक्रोलगायतका बालीमा पनी क्षति र्पुयाएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ ।यस्तै डडेल्धुराको अलिताल गाउँपालीकाको १ र ३ मा पनी असिनाले गहु र फुलदैगरेको तरकारी बाली समेत क्षति भएको स्थानीय राम खडकाले रेडीयो यूनिटीलाई खबर पठाएको छन ।
पार्टीको झण्डा बोक्ने शिक्षकलाई कारबाही गरीने
शुक्रबार, २५ चैत २०७३ | Hari Joshi
जिल्ला शिक्षा कार्यालय बैतडीले जिल्लामा कार्यरत शिक्षकहरुलाई चुनावी प्रचारप्रसारमा नलाग्न आग्रह गरेको छ । निर्वाचन आचारसंहिता विपरीत पार्टीको झण्डा बोकेर चुनावी प्रचारप्रसारमा शिक्षक लागेको पाइएमा कारबाही हुने जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले जानकारी दिनु भयो ।
स्थानीय तहको चुनावप्रति थारु मतदाता उत्साहित
शुक्रबार, २५ चैत २०७३ | Hari Joshi
स्थानीय तहको चुनावप्रति थारु मतदाता उत्साहित भएका छन् । .थरुहट तथा मधेस केन्द्रीत पार्टीका नेताहरुले संविधान संशोधन गरेर सबै पक्षलाई चुनावमा आउने वातावरण सृजना गर्नुपर्ने माग गरिरहँदा थारुबस्तीका मतदाताले चुनावप्रति उत्साहित भएका हुन् ।
आयोडीनयुक्त नुन अब हप्ताको ६ दिन पाईने
शुक्रबार, २५ चैत २०७३ | Hari Joshi
सहुलियतदरमा हप्ताको एक दिन  आईतबार मात्र विक्री हुदै आएको आयोडीनयुक्त भानु नुन बझाङ जिल्लामा अब देखी एक हप्ताको ६ दिन पाईने भएको छ । एक दिन मात्र नुन वितरण गर्दा नुनको कालोबजारी हुने गरेको गुनासो आए पछि शनिवारबाहेक सबै दिन नुन बिक्री गर्न लागिएको साल्ट ट्रेडिङ कर्पोरिशन लिमीटेडले जनाएको छ ।
बैतडीका १० वटै स्थानीय निकायमा निर्वाचन अधिकृत तोकिए
शुक्रबार, २५ चैत २०७३ | Hari Joshi
अगामी वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका लागि बैतडीका १० वटै स्थानीय निकायमा निर्वाचन अधिकृत तोकिएका छन् । निर्वाचन आयोगले देशैभरि निर्वाचन अधिकृत परिचालन गरेसँगै जिल्लाका चार नगरपालिका र ६ गााउँपालिकामा निर्वाचन अधिकृतको नाम तय गरेको हो ।
स्थानिय निर्वाचनमा महिला सहभागीता सम्बन्धि छलफल
शुक्रबार, २५ चैत २०७३ | Hari Joshi
स्थानिय तहको निर्वाचनमा महिला तथा दलितको सहभागीता बिषयक अन्तर्किया कार्यक्रम आज धनगढीमा सम्पन्न भएको छ । दलित महिला अधिकार मञ्च नेपालको आयोजनामा भएको सो अन्तक्रिया कार्यक्रममा स्थानिय निर्वाचनको तयारी,चुनावी माहोल संगै स्थानिय निर्वाचनमा महिला सहभागीता सम्बन्धि छलफल भएको हो ।
सहकारीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी
शुक्रबार, २५ चैत २०७३ | Hari Joshi
कञ्चनपुरमा रहेका तीन सय ९८ सहकारी संस्थामा आबद्ध एक लाख ७७ हजार सदस्यले ९३ करोड ५० लाख ७३ हजार रकम बचत गरेका छन् । डिभिजन सहकारी कार्यालयका सहकारी अधिकृत रामबहादुर खातीका अनुसार बचत तथा ऋण सहकारी संस्थामा आबद्ध २६ हजार ३९१ सदस्यले २९ करोड ४१ लाख रकम बचत गरेका छन् ।
टेलिकमको सेवा प्रभावकारी नहुँदा स्वास्थ्य सेवा प्रभावित
शुक्रबार, २५ चैत २०७३ | Hari Joshi
नेपाल टेलिकमको सेवा प्रभावकारी नहुँदा वैतडिको जिल्लाको दुर्गम तल्लोस्वोराड क्षेत्रमा स्वास्थ्य सेवा प्रभावित हुने गरेको छ । जिल्लाको दुर्गम पञ्चेश्वर गाँउपालिका , शिवनाथ गाँउपालिका , मेलौली नगरपालिका अधिकांस वडाहरुमा नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा त्यस क्षेत्रको स्वास्थ्य सेवा प्रभावित हुने गरेको हो ।
नयाँ संविधानमा तीन तहको संरचना व्यवस्था
शुक्रबार, २५ चैत २०७३ | Hari Joshi
नयाँ संविधानले केन्द्र, प्रदेश र स्थानीय तहसमेत गरी तीन तहको संरचना व्यवस्था गरेको छ । यही व्यवस्था अनुसार बैशाख ३१ गते स्थानीय तहको चुनाव हँदैछ ।
कैलालीमा विकास बजेट ४८ प्रतिशत मात्रै खर्च
शुक्रबार, २५ चैत २०७३ | Hari Joshi
आर्थिक वर्ष सकिन तीन महिना बाँकी हुँदा कैलालीमा विकास बजेट ४८ प्रतिशत मात्रै खर्च भएको छ । आर्थिक वर्षको सुरुका ६ महिनामा २८ प्रतिशत विकास बजेट खर्च भएकोमा पछिल्ला ३ महिनामा त्यसको दोब्बरले खर्च बढेको छ ।
के.आइ सिहं गाउँपालिकामा जोशी सर्बसम्मत
शुक्रबार, २५ चैत २०७३ | Hari Joshi
सरकारले बैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरे लगत्तै राजनीतिक दलहरुमा उम्मेद्धार कसलाई बनाउने भन्ने कसरत चलिरहेको छ । बिभिन्न पार्टीभित्र आन्तरिक रुपमा उम्मेद्धारीको होड बाजि चलिरहदा डोटीको के.आइ सिहं गाउपालिकामा भने नेकपा एमालेका तर्फबाट सचिवालय सदस्य यज्ञराज जोशीको नाम सर्बसम्मत रुपमा सिफारिश गरिएको छ ।
सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगकाे तयारी पूरा
बिहिबार, २४ चैत २०७३ | Hari Joshi
सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । चैत २७ गतेदेखि आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक धनगढी क्रिकेट एकेडेमी र एसपीए कलेजले बिहीबार  पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
दार्चुलामा ३५ जनाले बुझाए हतियार
बिहिबार, २४ चैत २०७३ | Hari Joshi
जिल्ला सुरक्षा समितिको आग्रहपछि दार्चुलामा ३५ जनाले हतियार प्रहरीलाई बुझाएका छन् । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर जिल्ला सुरक्षा समितिले सम्बन्धित सबैलाई हतियार बुझाउन गरेको आग्रहबमोजिम सम्बन्धित व्यक्तिले आफूलाई पायक पर्ने जिल्लाका विभिन्न प्रहरी चौकीमा उक्त हतियार बुझाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो  ।
निजामति कर्मचारी कार्यालयमा नभेटिदा सेवाग्राहीलाई सास्ती
बिहिबार, २४ चैत २०७३ | Hari Joshi
बेल्डाँडी नगरपालिका बाट गाउँपालिकामा परिणत भए पछी कर्मचारी देखि सेवाग्राही हरु अस्तबेस्त हुने गरेका छन् । विहिवार बेल्डाँडी सर्वदलियका एक जना नेता काम वसले गाउँ कार्यपालिकाको कार्यालय पुग्दा कार्यालयमा कार्यकारी अधिकृत लगायतका निजामति कर्मचारी कोही पनि कार्यालयमा नभेटेपछि कार्यालय पुगेका सेवाग्राही लाई भेट्दा स्थानिय सेवाग्राही आक्रोशित देखिएका हुन ।
खानेपानी निर्माण कार्य शुरु,स्थानियहरुमा खुसीयाली
बिहिबार, २४ चैत २०७३ | Hari Joshi
कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिका वडा नं. २ मा खानेपानी निर्माण कार्य शुरु भएको छ । खानेपानी निर्माण कार्यका लागि सेती महाकाली ड्रिल उद्योगले ठेक्का पाएको बेल्डाँडी गाउँपालिकाका सुचना अधिकृत राज बहादुर बिष्टले जानकारी दिनुभयो ।
बिहिबार, २४ चैत २०७३ | Hari Joshi
पछिल्लो समय सुदुरपश्चिमाञ्चललाई समेटिएको मौसम वि.सी. र योगेन्द्र विक्रम शाहीको ‘आउ न मायाँ धनगढी घुम्नलाई’ भन्ने नयाँ गीत यतिबेला बजारमा आएको छ । सिर्जु अधिकारी र हेमराज थापाको आवाजमा रहेको “आउ न माया धनगढी घुम्नलाई” गितको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
रामनवमी पर्व, रामचन्द्रको पूजा आराधना गरी मनाइँदै
बुधबार, २३ चैत २०७३ | Hari Joshi
चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।  त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका सुपुत्रका रुपमा रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो ।
बैतडीमा उम्मेदवारको टुङ्गो
बुधबार, २३ चैत २०७३ | Hari Joshi
नेकपा (माओवादी केन्द्र) बैतडीले जिल्लामा रहेका चारवटा नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा मेयर तथा अध्यक्षका उम्मेदवारको टुङ्गो लगाएको छ । नेकपा (माओवादी केन्द्र)ले मेलौली नगरपालिकाको मेयरका लागि भीमबहादुर चन्द, पाटन नगरपालिकामा शङ्कर भण्डारी, पुरचौडी नगरपालिकामा रणबहादुर कुँवर र दशरथचन्द नगरपालिकामा खिमानन्द भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला संयोजक प्रेमप्रकाश भट्ट (आदित्य)ले जानकारी दिनुभयो ।
बुधबार, २३ चैत २०७३ | Hari Joshi
धनगढी उपमहानगरपालिका(५ जाई चोकमा ट्याक्टरले ठक्कर दिदा एक जना पैदलयात्रुको मृत्यु भएको छ । से. १ त ५४२६ नम्बरको ट्याक्टरले आज ठक्कर दिदा सोही ठाउा बस्ने पैदलयात्रु २३ बषिर्य मोहन चौधरीको मृत्यु भएको हो ।
बुधबार, २३ चैत २०७३ | Hari Joshi
नेपाली सेनाको भवानी बक्स गणले कञ्चनपुरको भीमदत्तनगरस्थित वृद्ध तथा महिला सेवा केन्द्रलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको गणले आफ्नो २३३ औं बार्षिकोत्सवको अवसर पारेर वद्धाश्रममा सहयोग गरेको हो ।