---
Sunday, August 19 2018, 09:11 | आइतबार ०३, भदौ २०७५ ०९:११
News By Admin
Admin

चुनावका लागि उम्मेदवारको नाम सिफारिस
शुक्रबार, २० असोज २०७४ | Admin
नेकपा एमाले बैतडीले आगामी प्रदेश सभा र प्रतिनिधि सभाको चुनावका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीको बिहीबार बसेको बैठकले प्रदेश सभा र प्रतिनिधिसभाको चुनावका लागि प्रदेश संगठन कमिटीलाई नाम सिफारिस गरेको एमाले बैतडीका सचिव लीलाधर भट्टले जानकारी दिनुभयो ।
कञ्चनपुर कारागारका भौतिक संरचना जीर्ण अवस्थामा
बिहिबार, १९ असोज २०७४ | Admin
सडकमा गाडी गुड्दा बुर्जा हल्लिने गरेको छ यसले मानवीय क्षति निम्त्याउने खतरा बढेको छ । उहाँका अनुसार प्रहरीले डरैडरले बुर्जामा सेन्ट्री बस्ने गरेका छन् । भूकम्प आएका बेला बुर्जामा क्षति पुगेको थियो । हालसम्म आर्थिक अभावले कारागार प्रशासनले बुर्जा मर्मत गर्न सकेको छैन ।
बैतडीमा आत्महत्याका घटना बढ्दै
बिहिबार, १९ असोज २०७४ | Admin
घरेलु हिंसा न्यून गर्न सकिए आत्महत्या गर्ने दर पनि घट्छ । आत्महत्याका घटनामा कमी ल्याउन प्रहरीले जनचेतनाको कार्यक्रमहरु सञ्चालन गरिरहेको भए पनि यो काम चुनौतीपूर्ण रहेको छ । आव २०७१÷७२ मा १६ जनाले आत्महत्या गरेका थिए । यसमा १४ जनाले झुण्डिएर र दुई जनाले विष सेवन गरेर इहलीला समाप्त गरे ।
चुनावका लागि २ सय बढि आकाङक्षी
बिहिबार, १९ असोज २०७४ | Admin
नेपाली काग्रेस कैलालीले ५ वटै निर्वाचन क्षेत्रबाट आकाङक्षी उम्मेद्वारको नामावली केन्द्रमा पठाउने तयारी गरेपनि एमाले र माओवादी केन्द्र लगायतका दलले भने अझै उम्मेद्वार टुङग्याउन सकेका छैनन । एमालेले भोलि जिल्ला कमिटिको बैठक डाकेर प्रदेश समिटिमा उम्मेद्वारको नामावली पठाउने तयारी गरेको छ भने माओवादी केन्द्रमा धेरै आकाङक्षी देखिएपछि समस्या भएको बताईएको छ ।
दशगजामा बनाएको अग्लो डिल निर्माणको काम अन्तराष्ट्रिय मर्यादा बिपरित भएको ठहर
बिहिबार, १९ असोज २०७४ | Admin
भारतीय पक्षले दशगजामा बनाउदै गरेको अग्लो डिलका कारण पानीको निकास थुनिने र नेपाली भू–भाग डुबानमा पर्ने देखिए पछि प्रहरी प्रशासनलाई खबर गरि निर्माणको काम रोकिएको पुनर्वास नगरपालिका ९ का वडाध्यक्ष नारायण जैसीले बताउनुभयो । १४ वर्ष अघि भारतीय वन बिभागले सोही क्षेत्रको सीमा स्तम्भ नम्बर १९४ देखि पश्चिमी दिशा तर्फ ट्रेन्च बनाएर प्याराताल सहित सात सय बिगाहा नेपाली भूमी अतिक्रमणको प्रयास गरेको थियो ।
प्रदेश सभा उम्मेदवारका लागि निर्वाचन
बुधबार, १८ असोज २०७४ | Admin
एक मतदाताले २ जनालाई १÷१ वटा मतदान गर्न पाउने प्रावधान रहेको थियो । क्षेत्र नम्बर २ मा भने नेकपा एमालेले सहमतीका आधारमा नेता बिरेन्द्र भण्डारी, नेता दिल बहादुर भण्डारी र प्रकाश रोकाया गरी ३ जना नेताको नाम प्रदेशमा सिफारिस गर्ने निर्णय भएको नेकपा एमालेले जनाएको छ ।
८५ हजार रुपैया सहित ११ जुवाडे पक्राउ
बुधबार, १८ असोज २०७४ | Admin
बिगत देखि नै जुवा तास खेलाईने गरको प्रहरिले जनाएको छ । यस्तै, चाडपर्व नजिकिए संगै घरेलु मदिरा बिक्रि बितरणमा बृद्धि भैरहेका बेला ईलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । अवैध रुपमा विक्री वितरण भई रहेको अवस्थामा ३६ लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त
बुधबार, १८ असोज २०७४ | Admin
बुधबार नियुक्ती पाएका अधिकृतलाई अभिमुखिकरण तालिम दिएपछि कात्तिक १ गतेअघि नै  निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गर्ने आयोगको तयारी छ । प्रतिनिधि सदस्य चुनावका लागि कैलालीमा ५ तथा प्रदेश सभाका लागि १० वटा निर्वाचन क्षेत्र तोकिएको छ । यसअघि कैलालीमा छ निर्वाचन क्षेत्र थिए ।
७ नम्बर प्रदेशबाट कुल १४ लाख ३५ हजार ६ सय ७१ मतदाता
बुधबार, १८ असोज २०७४ | Admin
सवैभन्दा बढी कैलालीमा मतदाता रहेका छन भने सवैभन्दा कम बाजुरामा छन । कैलालीमा ४ लाख ६० हजार ५ सय ८० मतदाता रहेका छन बाजुरामा ६९ हजार ८ सय ३४ मतदाता रहेको जनाईएको छ ।
एक वर्षभित्र १५ सय गाईलाई वितरण गरिने
मङ्गलबार, १७ असोज २०७४ | Admin
सवैभन्दा बढी बाजुराबाट गाईको माग आएको छ । बाजुराबाट ६ सय १०, बझाङबाट २ सय २०, अछामबाट २ सय १०, डोटीबाट १ सय ५५ तथा दार्चुलाबाट १ सय २० गाईको माग आएको क्षेत्रीय पशु निर्देशनालयले जनाएको छ । हाल कैलाली कञ्चनपुरमा रहेका ३ हजार भन्दा बढी छाडा पशु चौपायाको व्यवस्थापनका लागि एकगाई एक माई कार्यक्रम पनि सञ्चालन गरिन लागिएकोे निर्देशनालयले जनाएको छ ।
सम्झौता कार्यान्वयन नगरेको भन्दै जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी
मङ्गलबार, १७ असोज २०७४ | Admin
अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव भट्टले विगतमा कञ्चनपुरको समग्र शैक्षिक सुधारका लागि संयुक्त विद्यार्थी संघ र शिक्षा कार्यालय विच भएका सम्झौता कार्यान्वयनमा शिक्षा कार्यालयले बेवास्ता गरेका कारण तालाबन्दी गरिएको बताउनुभयो ।
उम्मेदवारको टुंगो लगाउन नसकेपछि केन्द्रमा नाम सिफारिश
मङ्गलबार, १७ असोज २०७४ | Admin
कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिश गरेका नामहरुमा पुराना नेतादेखि केही नयाँ अनुहार पनि देखिएका छन्। प्रतिनिधिसभाका लागि सिफारिश गरिएका नाम मध्ये नरबहादुर चन्द अहिले वाणिज्य राज्यमन्त्री हुनुहुन्छ भने विनयध्वज चन्द पनि पूर्व सांसद हुनुहुन्छ ।
चुनावको लागि मतपत्र छपाइको काम शुरु
मङ्गलबार, १७ असोज २०७४ | Admin
समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश नं १ मा ८७,  प्रदेश नं २ र ३ मा ८६–८६, प्रदेश नं ४ र ६ मा ८२–८२, प्रदेश नं ५ मा ८४ र प्रदेश नं ७ मा ८३ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने छन् । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ १ सय ६५ तथा समानुपातिक निर्वाचन प्रणालीबाट १ सय १० सदस्य तथा प्रदेशसभामा प्रत्यक्षतर्फ ३ सय ३० र समानुपातिक प्रणालीबाट २ सय २९ जना चयन हुनेछन् ।
एमाले र माओवादीबीच चुनावी तालमेल
मङ्गलबार, १७ असोज २०७४ | Admin
मंसिरमा हुने प्रतिनिधीसभा र प्रदेशसभाको चुनावमा एक भएर जाने र पार्टी नै एकिकरण गर्न सकिनेमा दुवै दल सहमत भएपछि सहमतीको विन्दु खोज्न आफूहरु लागिरहेको एमालेका उपाध्यक्ष भिम रावलले जानकारी दिनुभयो । माओवादी सचिवालय बैठकमा केही नेताले प्रस्तावप्रति असहमति जनाए पनि अधिकांश नेता तालमेल र पार्टी एकीकरणको पक्षमा देखिएका छन् ।
एक सातादेखि डडेल्धुरामा पेट्रोल अभाव
सोमबार, १६ असोज २०७४ | Admin
पेट्रोल अभावमा साना दशैँको समयमा बढी सञ्चालन हुने मोटरसाइकल तथा ट्याक्सी फाटफुटरूपमा चलेका छन् भने निजी सवारी साधनमा तराई पहाड जाने सर्वसाधारण दशैँको टीका थाप्नका लागि आफूखुसी जान नपाएको सर्वसाधारणको गुनासो छ । पेट्रोल पम्पमा तेल नपाए पनि खुद्रा तथा साना पसलमा एक लिटरको १५० सम्ममा बिक्री भइरहेको स्थानीयबासी वरुण पनेरुले बताउनुभयो ।
व्यावसायिक गड्यौँला पालनतर्फ किसान आकर्षित
सोमबार, १६ असोज २०७४ | Admin
समूहमा आबद्ध घोर्सुवा, सुडा र सुन्दरपुरका किसानले उत्पादन गरेको अग्र्या्निक तरकारी रासायनिक विषादीको प्रयोग भएको तरकारीको तुलनामा १० प्रतिशत बढी महँगो हुने गरेको छ । स्थानीय सुन्दरपुरका किसान गंगाराम पन्तले अग्र्या्निक तरकारीखेतीबाट वार्षिकरुपमा दुई लाख बढी आम्दानी हुने गरेको बताउनुभयो । अग्र्या्निकरुपमा लौका, फर्सी, भिण्डी, पिरो खुर्सानी, गोलभेँडा, बोडी, प्याज, काँक्रा, घिरौँला यहाँका किसानले उत्पादन गर्दै आएका छन् ।
२० प्रतिशत बालवालिका पुर्ण खोपबाट बञ्चित
सोमबार, १६ असोज २०७४ | Admin
जिल्लामा ८० प्रतिशत बालवालिकाले पुर्ण खोप सेवा पाएपनि अझै २० प्रतिशत बालवालिका पुर्ण खोपबाट बञ्चित रहेको जोशीले बताउनुभयो । अशिक्षा, गरिबी तथा भौगोलिक विकटताका कारण कैलालीमा समेत अझै २० प्रतिशत बालाबलिका खोपबाट बञ्चित भएको बताईएको छ ।  नेपालमा हाल पोलियो रोग अन्मुलन, विफरको उन्मुलन, जापनिज इन्स्ोफलाटिस दादुरा र विसीजी लगायत लगायतका रोग विरुद्धको खोप संचालन हुदै आएको छ ।
कर्णालीमा वेपत्ता काका भजिता अझै भेटिएनन
सोमबार, १६ असोज २०७४ | Admin
टिकापुर नगरपालिका– ९ का ३० वषका मुकुन्द न्यौपाने र उहाँकै भतिजा २८ वर्षका रमेश न्यौपाने कर्णाली नदिमा डुबेर वेपत्ता भएका हुन । हिजोदेखि नै खोजी कार्य जारी रहेपनि उनीहरुलाई भेटाउन नसकिएको कैलालीका प्रमुख प्रहरी उपरिक्षक जनक राज पाण्डेले बताउनुभयो । उहाले खोजी कार्यका लागि आज थप सशस्त्र प्रहरी पनि परिचालन गरिएको जानकारी दिनुभयो ।
धनगढीमा घुम्ती शौचालय
सोमबार, १६ असोज २०७४ | Admin
धनगढी उपमहानगरपालिकामा घुम्ती शौचालय सञ्चालनमा ल्याईने भएको छ । सार्वजनिक शौचालय निर्माणका लागि जग्गाको अभाव भएपछि घुम्ती शौचालय सञ्चालनमा ल्याईन लागिएको हो ।
मानवीय गतिविधिका कारण महाकाली प्रदुषित हुँदै
बुधबार, ११ असोज २०७४ | Admin
फोहोर भएको थाहा पाउँदा पाउँदै पनि अन्य विकल्प नभएका कारण महाकालीकै पानी पिउँनु पर्ने बाध्यता रहेको आइरन व्यवसायी गोपाल लुहारले बताउनुभयो । एक्लैको प्रयासबाट सफल नहुने भएकाले यसका लागि सामूहिक प्रयास आवश्यक भएको लोहारले बताउनुभयो ।
छैठौं दिनपनि अस्पतालका ओपीडीमा विरामीले सेवा पाएनन
बुधबार, ११ असोज २०७४ | Admin
नेपाल चिकित्सक संघले देशभरीका अस्पतालमा आपतकालिन कक्षबाहेकका सेवा बन्द गर्न अस्पताल, डाक्टर र संघ संस्थालाई कडा निर्देशन दिँदै आएको छ । हिजो पनि संघले विज्ञप्ती निकालेर सरकारले आफ्ना माग पुरा नगरेसम्म काममा नफर्कन डाक्टरलाई उर्दी जारी गरेको थियो । नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले माग पुरा नभएसम्म डाक्टर काममा नफर्कने अडान दोर्होयाउनुभएको छ ।
छैठौं दिनपनि अस्पतालका ओपीडीमा विरामीले सेवा पाएनन
बुधबार, ११ असोज २०७४ | Admin
नेपाल चिकित्सक संघले देशभरीका अस्पतालमा आपतकालिन कक्षबाहेकका सेवा बन्द गर्न अस्पताल, डाक्टर र संघ संस्थालाई कडा निर्देशन दिँदै आएको छ । हिजो पनि संघले विज्ञप्ती निकालेर सरकारले आफ्ना माग पुरा नगरेसम्म काममा नफर्कन डाक्टरलाई उर्दी जारी गरेको थियो । नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले माग पुरा नभएसम्म डाक्टर काममा नफर्कने अडान दोर्होयाउनुभएको छ ।
समानुपातिक उम्मेदवारको बन्द सूचीका लागि नाम सिफारिस
बुधबार, ११ असोज २०७४ | Admin
मेल्लेख, जयगढ र रामारोशन गाउँपालिका समेटिएको निर्वाचन क्षेत्रबाट झपट साउँद, सुवास बुढा, निर्मला साउद र कुशल बुढा र साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाबाट प्रदेश सभामा टंक रावल, सुरत भुल, रामबहादुर थापा, दिपक सुनार, पूर्ण बहादुर साउँद र टेकबहादुर थापाको नाम टुंगो लाएको छ ।
पहिलो बन्ने लक्ष्यका साथ काङ्ग्रेस चुनावी मैदानमा
बुधबार, ११ असोज २०७४ | Admin
विविध कारणबस स्थानीय तहमा दोस्रो पार्टीमा खुम्चिन पुगेको स्वृकादै आगामी मसिरमा हुने प्रदेश र प्रतिनिधिसभामा पहिलो दल बन्ने लक्ष्यका साथ चुनावमा होमिएको काग्रेसले जनाएको छ ।
बडादशैंको सातौं दिन देशभर घर–घरमा फूलपाती भित्र्याइदै
बुधबार, ११ असोज २०७४ | Admin
सिमा सुरक्षा कार्यालय धनगढीका स्याम कोईरालाले प्रत्येक वर्ष नेपाली सेना, नेपाल प्रहरी लगायतका सुरक्षा निकायले पनि देविलाई खुशि पार्ने परम्परा रहेकाले त्यहि अनुरुपको कार्यक्रम रहेको बताउनुभयो । नेपाली सेना बाहिनि खड्डा ५ का प्रमुख शिबराज बल्देब बडुले सेनाले सात प्रकारका फुलपाति भित्र्याउनका लागी प्रमुख जिल्ला अधिकारीको निर्देशन अनुसार सलामी अर्पण गरेको बताउनु भयो ।