---
Sunday, August 19 2018, 09:12 | आइतबार ०३, भदौ २०७५ ०९:१२
News By Admin
Admin

दार्चुलामा खाद्यन्न अभाव
बिहिबार, २६ असोज २०७४ | Admin
आफूहरुले लामो समयदेखि चामल ढुवानी गर्न खाद्य संस्थान धनगढीलाई आग्रह गर्दा पनि अहिलेसम्म चामल नआएको उहाँले बताउनुभयो । अपि हिमाल गाउँपालिकाले तीन महिनाअघि नै खाद्य संस्थान धनगढीलाई चामल ढुवानी गर्न अनुरोध गरे पनि अहिलेसम्म ढुवानी नगरेको उहाँले बताउनुभयो ।
विश्व दृष्टि दिवस मनाइदै
बिहिबार, २६ असोज २०७४ | Admin
नेपालले पनि २००१ देखि २०१९ सम्मका लागि २० वर्षे कार्ययोजना लागु गरेको छ । नेपालको कुल जनसंख्याको ० दशमलव ३५ प्रतिशत मानिसमा अन्धोपन छ । जसमध्ये ६६ प्रतिशत अन्धोपन उपचार गर्न सकिने खालका छन् । मोतिविन्दु, आँखाको पर्दा जन्य रोगहरु, जलविन्दु, आँखाको नानीमा हुने अन्धोपना र दृष्टिदोषका कारण अन्धोपन हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कञ्चनपुरको लिङ्गा  अवलोकन गर्न आउनेको घुईचो
मङ्गलबार, २४ असोज २०७४ | Admin
लिङ्गा क्षेत्रमा फैलिएको प्राकृतिक पहाडको फरक बनोट अवलोकन गर्नका लागी अहिले पर्यटकहरुको घुइचो लाग्ने गरेको छ । बाटोको समस्याका बाबजुत पनि दैनिक ३ देखि ४ सय सम्म मानिसहरु अवलोकनका लागि लिङ्गा पुग्ने गरेका छन । पर्यटन लोभ्याउनको लागी अन्य देशहरुमा पर्यटन क्षेत्रहरु बनाइएका हुन्छन । तर हाम्रो देशमा भएका पयृटकिय क्षेत्रको सरक्षणमा पनि राज्यले चासो नदिएको लिङ्गा अवलोकन गर्न आउनु भएका निरज बिष्टले गुनासो गर्नुभयो ।
सर्वाधिक राशिको रुस्लान धनगढी प्रिमियर लिग–२ माघ ५ गतेदेखि
आइतबार, २२ असोज २०७४ | Admin
आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) र सुदुरपश्चिमाञ्चल एकेडेमी (एसपीए)ले सयुंक्त रुपमा आईतबार राजधानीमा एक कार्यक्रमका बीच माघ पाँच गते देखि धनगढीमा सञ्चालन हुने गरि डिपीएल–२ को घोषणा गरेको हो ।
कालोबजारी, भष्टाचार र महगी नियन्त्रण गर्न  विप्लपको प्रसाशनलाई ज्ञापन
आइतबार, २२ असोज २०७४ | Admin
हाल जिल्लामा मौलायको मिटर व्याज र ढुकुटी नियन्त्रण गर्न पनि प्रशासनलाई आग्रह गरिएको छ ।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु बैतडीमा विवाद
शनिबार, २१ असोज २०७४ | Admin
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु बैतडीमा विवाद उत्पन्न भएकोे छ । बैतडी सदरमुकाममा सम्पन्न ११ औं अधिवेशनमा नेकपा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालले आफु निकटको मान्छेलाई अखिलको अध्यक्ष बनाएको भन्दै समानान्तर कमिटि गठन गरिएको छ ।
जिल्ला स्तरमा एक्लाएक्लै उम्मेद्वार छनौट गर्दै दलहरु
शनिबार, २१ असोज २०७४ | Admin
कैलालीका दलहरुले केन्द्रको आदेश अनुसार नै एक्लाएक्लैे उम्मेद्वार छनौट गरेको बताएका छन । एमाले, माओवादी केन्द्र र नया शक्ति तथा काग्रेस लगायत अन्य प्रजातान्त्रिक शक्तिविच निर्वाचन तालमेल गरेर लडने सहमति भएपनि जिल्ला स्तरमा भने तालमेलको विषयले चर्चा पाउन सकेको छैन ।
मेलामा मदिरा सेवन गरेर होहल्ला गर्ने ८५ जना प्रहरी नियन्त्रणमा
शनिबार, २१ असोज २०७४ | Admin
मदिरा सेवन गरी होलल्ला गर्नेलाई २ हजार ४ सय र मदिरा बिक्री बितरण गर्नेलाई ५ हजार जरिवाना गर्ने निर्णय भएको सुर्मा देवि मेला व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर बिष्टले बताउनुभयो ।
घरमै गएर सामाजिक सुरक्षा भत्ता बितरण
शनिबार, २१ असोज २०७४ | Admin
सरकारले जेष्ठ नागरिकलाई मासिक १ हजार भत्ता १ हजार औषधि उपचार, एकल तथा बिधवा महिलालाई मासिक १ हजार, जेष्ठ नागरिक दलित मासिक १ हजार,आंशिक अपांगलाई मासिक ६ सय, पूर्ण अपांगलाई मासिक २ हजार र ५ बर्ष मुनिका बालबालिकालाई मासिक ४ सय उपलब्ध गराउँदै आएको छ ।
के गर्दैछन सरोकारवालाहरु ?
शनिबार, २१ असोज २०७४ | Admin
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख वड वर्षातका बेला अतिक्रमण हटाउने कार्य गर्न नसकिएकोले अव तिहार लगत्तै उक्त कार्य सुरु गर्ने योजनामा हुनुहुन्छ । नगर प्रमुख वड तिहार लगत्तै एउटा समिति बनाएर अतिक्रमण भएको क्षेत्रमा रेखाङकन गरेर अतिक्रमण हटाउन अभियान सुरु गर्ने बताउनुभयो ।
क्षेत्रीय निर्वाचन कार्यालयद्धारा तयारी तीव्र
शनिबार, २१ असोज २०७४ | Admin
स्थानीय तहको चुनावको पटक पटक मिति सारिदा मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा अगाढी बढाउन नसकेका कारण बदर मतको सख्या धेरै रहेको स्वृकादै निर्वाचन कार्यालयले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनमा भने उक्त समस्या नदोहोरिने बताएको छ ।
वडा कार्यालय स्थापना हुन नसक्दा सेवाग्राहीलाई सास्ती
शनिबार, २१ असोज २०७४ | Admin
नगरपालिका जस्तै कतिपय गाउँपालिकामा पनि वडा कार्यालय स्थापना हुनसकेका छैनन् । वडा कार्यालय स्थापना नहँुदासम्मका लागि गाउँपालिकाको कार्यालयबाट नै सेवा दिइरहेको छ । अमरगढी नगरपालिकाको भवनमा कोठाको अभाव हुँदा सेवाग्राहीलाई मात्रै नभइ वडा अध्यक्षलाई समेत कामकाज गर्नका लागि समस्या हुने गरेको छ ।
जिशिकामा  चार दिन देखि ताला /कामकाज ठप्प
शनिबार, २१ असोज २०७४ | Admin
चारदिन देखी कार्यालयका तालाबन्दी हुँदा कामकाज ठप्प भएको शिक्षा कार्यालयले जनाएको छ । जिल्ला शिक्षा अधिकारी अमर प्रसाद भट्टले सरुवा भइसक्दा समेत अदालतको स्टे अर्डर ल्याएर शिक्षा कार्यालयमै आएपछि विरोध स्वरुप नेपाली काँग्रेस निटक नेपाल शिक्षक संघले शिक्षा अधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको हो ।
बैतडीका स्वास्थ्य संस्थामा औषधि अभाव
शनिबार, २१ असोज २०७४ | Admin
औषधि खरिदका लागि चार लाख रुपैयाँ मात्र छुट्याइएको उहाँले बताउनुभयो । चार लाखको औषधिले डेढ महिना पुग्ने र त्यसपछि के गर्ने भन्ने अन्यौल रहेको उहाँको भनाई छ । बैतडीका स्वास्थ्य संस्थामा अहिले औषधिको चरम अभाव भएको स्वास्थ्यकर्मीले बताएका छन् ।
बैतडीका प्रमुख तीन दलले उम्मेदवार छाने
शनिबार, २१ असोज २०७४ | Admin
एमाले बैतडीमा पनि प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि सातजना आकांक्षी देखिएका छन् । माओवादी केन्द्र, बैतडीले भने जिल्लाबाटै सर्वसम्मत रुपमा उम्मेदवारको टुंगो लगाएको छ ।
कांग्रेसबाट आकांशी बढी भएपछि उमेदवारको नामावली केन्द्रमा
शनिबार, २१ असोज २०७४ | Admin
कांग्रेसले प्रदेश र प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी २ सय ८ जना उमेदवारको नामावली केन्द्रमा पठाएको नेपाली कांग्रेस कञ्चनपुरका सचिव दिवाकर पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार प्रतिनिधिसभामा क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ ४ र समानुपातिक तर्फ ६ जना उम्मेदवारको सिफारिस गरिएको छ ।
शनिबार, २१ असोज २०७४ | Admin
प्रथम सु्प आईडल बन्नुभएका नेपालीले नगद २५ हजार रुपैया प्राप्त गर्नुभएको छ भने आयोजक तिलक फिल्म प्रालिले उहालाई गित रेकर्ड गर्ने अवसर दिनेछ । त्यस्तै, सुप आईडकलको दोस्रो स्थान हामत पार्न सफल हुनुभएकी कैलालीकी पुनम चौधरीले नगद १० हजार रुपैया प्राप्त गर्नुभयो भने उहाले पनि गित रेकर्ड गर्न पाउनुहुनेछ ।
जखौर ताल पर्यटकिय गन्तव्यको रुपमा स्थापित हुदै
शुक्रबार, २० असोज २०७४ | Admin
पर्यटकलाइ आकर्षित गर्ने जोखर ताललाई धार्मिक तालका रुपमा पनि हेरिन्छ । हरेक शिव रात्रिका दिन यस तालमा ठूलो मेला समेत लाग्ने गर्दछ । जखौर तालमा प्राकृतिक सौन्दर्यता संगै अरु धार्मिक तथा सास्कृतिक महत्वका स्थान पनि भएकाले जखौर ताल मन लोभ्याउने ताल भएको तालको अवलोकन गर्न आउनुभएकी निता बिष्टले बताउनुभयो ।
एमाले प्रवेश गरे पूर्वडीआईजी नवराज सिलवाल
शुक्रबार, २० असोज २०७४ | Admin
सर्वोच्च अदालतबाट आइजिपी प्रकरणको मुद्दा हारेपछि नेपाल प्रहरीको डीआइजीबाट राजीनामा दिएका नवराज सिलवाल शुक्रबार काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमबाट एमामा प्रवेश प्रवेश गरेका हुन् ।
जबरर्जस्ती करणी गर्न खोज्ने इ–रिक्सा चालक पक्राउ
शुक्रबार, २० असोज २०७४ | Admin
कञ्चनपुरको भीमदत्तनगरपालिका– १८ जानकी टोलमा एक ३८ वर्षीया महिलालाई जबरर्जस्ती करणी गर्न खोज्ने बैतडी घर भई हाल बसपार्कमा डेरा गरी बस्ने २७ वर्षीय गजेन्द्र विष्टलाई जिल्ला प्रहरी कार्यालयले बिहीबार पक्राउ गरि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको हो ।
विमान कम्पनीले मनोमानी भाडा असुल गर्ने गरेको आरोप
शुक्रबार, २० असोज २०७४ | Admin
कोल्टी विमानस्थलबाट नेपालगञ्ज र सुर्खेतमा चल्ने गोमा, काष्ठमाण्डप, मकालु, सीता, सिम्रिक नेपाल एयर लाइन्सका ट्वीनेटर विमान नियमित उडान हुने गरेका छन् ।
दुई हजार बढि परिवार पुनः स्थापन हुन सकेनन
शुक्रबार, २० असोज २०७४ | Admin
स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिले समस्या समाधानका लागि कार्य योजनामा राखेपनि चासो नदिँदा झनै पीडित बनेको शुक्लाफाँटा निकुञ्ज संघर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले बताउनुभयो । स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिले चासो दिई समस्या समाधान गर्नेमा आशावादी भए पनि कार्य अगाडि नबढ्दा चिन्तित हुनुपरेको उहाँले बताउनुभयो ।
चैनपुरमा  सुर्मादेवी मेला शुरु
शुक्रबार, २० असोज २०७४ | Admin
दशैँपछि सदरमुकाम चैनपुरमा मेला लाग्ने भएकाले जिल्लाका अधिकांश मानिस आफन्तसँग भेटघाट गर्नुका साथै मेला हेर्न चैनपुरमा आउने हुनाले ठुलो भीडभाड लाग्ने गर्दछ ।
९ वर्षीय बालक एक सातादेखि बेपत्ता
शुक्रबार, २० असोज २०७४ | Admin
मेला हेर्न गएको छोरा बेलुका नै फर्केला भन्ने सोचेको थिए तर करिब साता बितिसक्दा पनि केही पत्ता नलागेको विवसका बुबा केशव बोहराले बताउनुभयो । आफन्त कहाँ गयो कि भनेर सबै ठाउँमा खबर गरी सक्दा पनि कतै नभएको खबरले आफूहरूलाई छटपटी बढिरहेको विवसकी आमा चन्द्रादेवी बोहराले बताउनुभयो ।
डडेल्धुरामा तालमा डुबेर एकजना बेपत्ता
शुक्रबार, २० असोज २०७४ | Admin
दिउसो तालमा गएका मास्के रानामगर तालमा डुवेपछि प्रहरी र स्थानीय बासिन्दाले खोजिकार्य जारी राखेका भएपनि बिहीबार बेलुका सम्म पनि फेला पर्न नसकेपछि प्रहरीलाई खबर गरिएको थियो ।